दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले काठमाडौँसहित देशैभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झापाको दमक, शनिश्चरे, चन्द्रगढी आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएकाले विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम छ।
ती खोलाका तटीय क्षेत्रमा बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षाको सम्भावना छ।
गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
