तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।
काठमाडौँ– चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने भएको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९औँ एशियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपालले २३४ खेलाडी सहभागी गराउने जानकारी दिए।
“खेलाडीले एक्सपोजर पाउन् भनेर निकै मेहनत गरेर खेलाडी सङ्ख्या २३४ पुर्याउन सफल भयौँ,” उनले भने, “एशियाली खेलकुदमा नेपालको सहभागिताका लागि २४ करोड रुपैयाँ माग गरेका थियौँ। २१ करोडको सहमति प्राप्त भइसकेको छ। बाँकीका लागि प्रयास भइरहेको छ।”
उनले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न आग्रहसमेत गरे। कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस गर्न घिसिङको आग्रह छ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नुपर्नेमा जोड दिए। एशियाड आगामी असोज ६ गतदेखि शुरू हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
