कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
“शेर बहादुर भन्ने मान्छे थाहा छ कि छैन? शेरबहादुर भन्ने मान्छे चिन्या छ?”
यो कुनै सिनेमाको भिलेनले कसैलाई तर्साउने मेसोमा बोलेको संवाद होइन। कुनै नाटकको हिरोले आफ्नो क्यारेक्टर माथि जोड दिन भनेको लाइन पनि होइन। कुनै उपन्यासमा दुई पात्रबीच भएको वार्तालापको अंश झन् होइन।
'यस्तो डायलग कहीँ कतै सुन्नुभएको छ?' भन्ने प्रश्न तेर्स्याए तपाईंको सोसल मिडिया गेम वा तपाईंको करेन्ट-अफेयर्स ज्ञानमाथि शंका गरेको ठहर्न जान्छ। त्यस्तो शंका उत्पन्न गर्न खोजेको पनि होइन।
हामीलाई, कम्तिमा यो ब्लग पढ्ने ७८ जनालाई, मज्जैले थाहा छ यो नेपाली कांग्रेसका सभापति शेरबहादुरले हालसालै सम्पन्न भएको केन्द्रीय समिति बैठकमा बोलेका वाक्य हुन्। 'ठूलै' रणनीतिअन्तर्गत लाइभ गरिएको उक्त बैठकमा देशकै ठूलो दलका सभापतिद्वारा कसैलाई दिइएको ठाडो चुनौती हो।
कुरोग्राफरको मनसाय यो संवादको उत्पत्ति र इतिहासको व्याख्या गर्नु होइन। माथिका ३-४ हरफको उद्देश्य 'के कसैलाई शेरबहादुर भन्ने मान्छे थाहा छ कि छैन? कसैले शेरबहादुर भन्ने मान्छे साँच्चिकै चिनेको छ कि छैन?' भनेर थाहा पाउने प्रयास गर्नु हो।
को हुन् त शेरबहादुर? के हुन् त शेरबहादुर? उनलाई खासमा कसले चिनेको छ? उनलाई कसले चिन्न सकेको छैन?
एकादेशका शासकले बोलाउँदै, संसद् भंग गराउँदै, अक्षम प्रधानमन्त्रीको ट्याग लगाउँदै, फिर्ता बोलाउँदै, फेरि ट्याग लगाउँदै घोक्रे ठ्याक लगाउँदै जेल पठाउँदै आँखा आधा खुलेका मान्छे पो हुन्। के ती शासकले चिनेका थिए शेरबहादुर भन्ने मान्छेलाई?
प्रतिद्वन्द्वीले 'दल फुटाऊ' विधेयक ल्याउँदा लोकतन्त्र र कानून, नियतको दुहाई दिने, पासा पल्टिएपछि 'लोकतन्त्र बचाउन' त्यही विधेयक ल्याएर दल फुटाउन सहयोग गर्ने। जनताले चिन्ने तर नचिनेको जस्तो गर्ने सवाशेर हुन् शेरबहादुर?
आफ्नो दलको बैठक लाइभ गरेर मानव तस्करी मुद्दामा जेल परेका केन्द्रीय सदस्यको बचाउ गर्ने, अनाबशनाब बक्ने नेताहरूको मुखौटा उघारिदिने जिनियस हुन्? कि लाइभ गरेर आफ्नो कोटरीको अक्षमता उजागर गरेर खुट्टामा आफैँ बन्चरो हान्ने ढंग नपुगेका निर्दोष प्राणी हुन् शेरबहादुर?
मन्त्री हुन पठाएका नेताहरूको एकपछि अर्को अमर्यादित, गैरजिम्मेवार र 'आपराधिक' वक्तव्य आउँदा टुलुटुलु हेरेर बस्ने मूकदर्शक हुन् शेरबहादुर? कि शिक्षक कुटाइवाला गुण्डागर्दीको पक्षपोषण गर्ने संरक्षक हुन्?
जति पटक बबन्डर मच्चाए पनि डडेलधुराका जनताले जिताएर पठाउने 'म्याभरिक' हुन् कि? कि हामीले नचिनेर डडेलधुराले मात्र चिनेका वीर पात्र हुन् त शेरबहादुर?
सबैभन्दा ठूलो लोकतान्त्रिक दल भएर पनि न महिला, न सीमान्तकृत समुदायको उचित प्रतिनिधित्व गराउन सक्ने, संसद् र सरकारको पोस्ट भागबन्डामा आधिपत्य जमाएर जथाभाबी गर्ने। त्यसपछि समानुपातिक प्रणाली गलत भन्ने भाष्यलाई बढवा दिने मायावी नेता हुन् शेरबहादुर?
प्रकाश शरण महतलाई पटक पटक मञ्चबाट पुकार लगाउने रहर पालेका मनोरञ्जनकर्ता हुन् शेरबहादुर?
अरू कसैले नचिने पनि सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गर्ने ज्योतिषीले उनको नाडी छामेका हुन् त? ८० वर्ष पुगेका उनको अझै दुईपटक प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा/रहर ती ज्योतिषले थाहा पाएकै हुन्? शेरबहादुर भन्ने मान्छे थाहा पाएका हुन् त?
आखिर को हुन् शेरबहादुर? के हुन् शेरबहादुर?
यी सब प्रश्न जोरजाम गर्ने जिम्मा मेरो काँधमा आएको थियो। मैले पूरा गरेँ। यिनको उत्तर भने मसँग छैन। कोसँग छ, थाहा छैन। तपाईंसँग भए बताउनुहोला।
कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
तिनै ओली जसले भर्खरै नभएको बातमाथि टेकेर एउटा दैनिकमाथि आफ्नो मानमर्दन गरेको लाञ्छना लगाएका थिए। नभएको समाचारको जगमा टेकेर, होइन, उफ्रिएर उनले आफ्नो साथै अरूको पनि राम्रै समय बरबाद गरे। गरे त गरे, उक्त टिप्पणी 'मिस्प्लेस्ड' रहेछ भन्ने पुख्ता प्रमाण भेटिसकेपछि न आफूले बोलेको सच्चाए न त्यसबापत उठेका प्रश्नको जवाफ दिए। उल्टै गृहमन्त्रीको राजीनामा नआए सदन नै नचल्न दिने नयाँ टेक्निक लगाए।
तिनै ओली जसको दुनियाँको घेरा, स्रोत सबै ‘आसेपासेलोजी’ हो– त्यही ‘आसेपासेलोजी’ जसले नभएको समाचार पनि छ है भनेर उनलाई विश्वस्त तुल्याउँछ। अनि आसेपासे तिनै हुन् जो हरेक मौकामा खाली क्यानभासमा सप्तरंगी रङ लिपेको चुगली लगाउन माहिर हुन्छन्।
शेरबहादुर देउवा र केपी शर्मा ओलीको कुरा उठ्दा यी दुईमध्ये खासमा को अर्कोभन्दा अब्बल? कसको दाँजोमा को कति बढी अ/सक्षम भन्ने ख्याल हाम्रो मनमा सित्तैमा आउँछ। कसले अर्कोभन्दा कम/बढी मौका पाएर वा अभावमा 'अधिनायकवाद' को चाहे जतिको अभ्यास गर्छन् वा गर्न पाउँदैनन्? सत्ता र शक्तिको केन्द्रमा रहिरहन हर सम्भव प्रयास गर्न तम्तयार रहन्छन्।
यी दुई एक अर्काको प्रतिस्पर्धी जस्तो देखिन्छन्, तर सच्चा अर्थमा हुन् एक अर्काको पूरक।
तपाईंको मनमा आउँदैन?
यस्ता मान्छे हुन्, यी हुन्?
ख्याल गर्दै गर्नु होला।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
