मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार देशका धेरैजसो स्थानमा आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ। मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको हो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् बिनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन्।
उनका अनुसार पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ। शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ।
राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ। नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो। मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको थिएन। विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
“मनसुन न्यून चापीय रेखा नेपालको सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, सोही कारण विगत एक साताको तुलनामा केही दिनदेखि वर्षा निरन्तर भइरहेको छ । आगामी केही दिन वर्षा निरन्तर हुने देखिन्छ, कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ”, मौसमविद् महर्जनले भनिन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार यही साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ। गत जेठ १८ देखि यही साउन पाँच गतेसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ। मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
