आगामी अगस्ट ४ देखि ६ सम्म भारतको हैदरावादमा हुने सातौँ दक्षिण एशियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
काठमाडौँ– नेपालका खेलाडीले सातौँ दक्षिण एशियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन्। त्यसका लागि १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमवार भारतको हैदरावाद प्रस्थान गरेको छ।
उक्त टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए। महिलातर्फ फाइटको ४४ केजीमा लीलाकुमारी सापकोटा, सञ्चिता श्रेष्ठ र सबिना तामाङले ४९ केजीमा, मुना राईले ५२ केजीमा, रोनिका पराजुलीले ५५ केजीमा, विनीता थापामगरले ४९ केजीमा र डोल्मा गुरुङले ८४ केजीमा प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ सुनिल महतोले ५४ केजीमा, तेन्जिङ दावा तामाङले ४९ केजीमा, अनिल खड्काले ६३ केजीमा, रोशन घिसिङले ४९ केजीमा, निर्मल लामाले ५८ केजीमा, साहिल दोङले ४९ केजीमा र रिक्साङ वाइबा तामाङले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीको प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन्। उक्त च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
त्यस्तै, संघकी महासचिव अञ्जु रावत, पुकार केसी, रूपसिंह तामाङ, रजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले पनि अम्पायरको भूमिका निर्वाह गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
