भग्नावशेषमा अझै केही मानिस फसेको हुनसक्ने आशंका छ। उनीहरूको खाेजी भइरहेको सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले बताएका छन्।
भारत महाराष्ट्रको ठाणे जिल्लामा एउटा पुलको स्ल्याबमा क्रेन खस्दा कम्तीमा १६ जना कामदारको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
मुम्बईबाट करिब ८० किलोमिटर टाढा शाहपुर तहसीलको सरलाम्बे गाउँ नजिकै मंगलबार बिहान दुर्घटना भएको द इन्डियन एक्स्प्रेसले जनाएको छ।
उक्त क्रेन पुल र राजमार्ग निर्माण परियोजनामा प्रिकास्ट बक्स गर्डर जडान गर्न प्रयोग गरिएको थियो। घटना लगत्तै प्रहरी, दमकल र एनडीआरएफको टोलीले उद्धार घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ।
‘भग्नावशेषमा अझै धेरै मानिस फसेको सम्भावना छ। उद्धार कार्य भइरहेको छ,” सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले दुर्घटनास्थलको निरीक्षण गरेपछि भने।
७०१ किलोमिटर लामो यो राजमार्गले मुम्बई र नागपुरलाई जोड्छ। राजमार्ग निर्माणको तेस्रो चरणको काम हाल ठाणे जिल्लामा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
