भूगोल, अवस्थिति, शक्ति राष्ट्रको चासो र अभ्यासले नेपालको आन्तरिक र परराष्ट्र मामिलामा कस्तो असर पारिरहेको छ? भन्ने विषय पुस्तकमा उल्लेख भएको परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारीले बताइन्।
काठमाडौँ– नेपालको भूराजनीतिकबारे लेखिएको पुस्तक ‘भूराजनीतिको भार: नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ विमोचन भएको छ।
पत्रकार बाबुराम विश्वकर्माद्वारा लिखित पुस्तक शनिबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारी र आमसञ्चार तथा पत्रकारिताका सहप्रध्यापक डा. कुन्दन अर्यालले संयुक्त रूपमा विमोचन गरे।
परराष्ट्र मामिला विज्ञ अधिकारीले पछिल्लो समय नेपाली भूमिमा चीनले गरेको गतिविधिले प्रभाव पारेको र जुन कुरा पुस्तकमा गहिरोसँग विश्लेषण गरिएको बताइन्। उनले भनिन्, “भूराजनीति भनेको आफ्नो भूभागलाई लिएर चल्ने राजनीति नै हुन्। हाम्रो भूगोल, अवस्थिति र यो परिवेशमा शक्ति राष्ट्रको चासो र अभ्यासले आन्तरिक र परराष्ट्रमा कस्तो असर पारिरहेको छ पुस्तकले घटनामार्फत फेहरिस्त पारेको छ।”
नेपालीहरूको चीनप्रतिको बुझाइ कमजोर भएकोसमेत उनको टिप्पणी छ। “छिमेकी चीनलाई असाध्यै कम बुझ्छौँ। यो बुझ्ने र कम बुझ्ने हुँदा सकारात्मक भइरहने योगदान गरेको छ। त्यही कारण हाम्रो राष्ट्रियता, राजनीति र आन्तरिक राजनीति लगायतका कुरामा कस्तो प्रभाव पारिरहेको छ। जुन कतिपय अवस्थामा नजरअन्दाज भएका छन्। यसलाई पुस्तकले सहज रूपमा बुझाइएको छ,” उनले भनिन्।
त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विभागका सहप्राध्यापक डा. कुन्दन अर्यालले चीन विश्व शक्तिका रूपमा उदाएको र चिनियाँ विशेषतासहितको सी जिनपिङको विचार नेपालमा कसरी बढिरहेको छ? भन्ने विषय पुस्तकमा चर्चा गरिएको बताए।
पुस्तकमाथि आफ्नो धारणा राख्दै उनले भने, “विश्व परिस्थिति फेरिँदैछ। त्यसको प्रभावबाट नेपाल मुक्त छैन। यो पुस्तक त्यही संक्रमणको दोसाँधमा आएको छ। हाम्रो कूटनीतिक ग्राफ तलतिर लागिरहेको छ। घरेलु मामिलामा बाह्य हस्तक्षेप बढिरहेको छ। पुस्तकले कूटनीतिलाई सन्तुलन कायम गर्न खोजको छ।”
पुस्तकमा नेपालमाथि अमेरिका र चीनको अभिरुचिलाई राम्रोसँग व्याख्या भएको कांग्रेस नेता डा. मिनेन्द्र रिजालले बताए । उनले भने, “एसपीपी, बीआरआई, एमसीसीलगायतको पुस्तकमा व्याख्या गरिएको छ। भारत, अमेरिका र चीनबारे नेपालको कूटनीति कस्तो हुनुपर्छ पुस्तकले देखाएको छ।”
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको कूटनीति सन्तुलन नभएको बताए। “हाम्रो कूटनीतिले उत्पादनशीलको बाटो पक्रिएको छैन। यसको उत्पादनशीलता के हो? दुई छिमेकी छन्। उनीहरू उन्नत हुने हामी नहुने कसरी भयो? पुस्तकले बताएको छ,” उनले भने। नेपाली भूमिलाई छिमेकीले अप्ठ्यारोमा पार्दै गएको तर, राजनीतिक नेतृत्वले यसलाई निकास दिन नसकेको कुरा पुस्तकमा चर्चा गरिएको श्रेष्ठले टिप्पणी गरे।
सक्रिय पत्रकारिताबाट अलग भएर भूराजनीतिको भारलाई बजारमा ल्याएको लेखक विश्वकर्माले बताए। यो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो। दुई दशकअघिदेखि पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो। यसअघि उनले २०६३ सालमा ‘दलित र द्वन्द्व’ नामक बजारमा ल्याएका थिए।
शिक्षक मासिक, नेपाल साप्ताहिक, खोज पत्रकारिता केन्द्रलगायतमा काम गरेको विश्वकर्मासँग अनुभव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
