दिउँसो मधेश, बागमती र गण्डकी तथा कोशी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। मधेश र बागमतीका केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ।
काठमाडौँ– काठमाडौँसहित देशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ।
वर्षाका कारण बागमती, कमला, बबई, राप्तीलगायत नदी तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ५ बजे जारी गरेको सूचना अनुसार बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भइरहेको छ।
काठमाडौँ उपत्याकामा पनि अति भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा मंगलबार दिउसोसम्म निरन्तर रहने सूचनामा उल्लेख छ। कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले यस क्षेत्रमा मंगलबार दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, कमला नदीको सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भईरहने क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ।
उता, बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको र जलसतह अझै बढ्दो क्रममा रहेकाले बबई तटीय क्षेत्रमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।
दिउँसो मधेश, बागमती र गण्डकी तथा कोशी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। मधेश र बागमतीका केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
