काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। कतिपय स्थानमा नदीको पानी नै बस्तीमा पसेको छ।
काठमाडौँ– वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। सोमबार रातिदेखि परेको भारी वर्षाले विभिन्न क्षेत्र जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। कतिपय स्थानमा नदीको पानी नै बस्तीमा पसेको छ।
काठमाडौँ उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एससपी दानबहादुर कार्कीले बताए।
“भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा प्रहरी टोली बिहानैदेखि खटिएको छ,” उनले भने, “सचेतनाका लागि नदी आसपासका क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ।”

भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ।
विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बाढीकै कारण सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
काठमाडौँको बल्खु तरकारी बजार पनि डुबानमा परेको छ। बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिले जनाएको छ। समितिका अनुसार तरकारी बजारका ४०० मध्ये ३७० वटा पसलमा बाढी पसेको छ।

ललितपुरको च्यासलमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ। मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन्।
च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको थियो।

उता, भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ। चाँगुनारायण– १ मा वीरबहादुर केसीको घर भत्किएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।
नदी अझै बढ्ने सम्भावना रहेकाले ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन नागरिकलाई आग्रह गरिएको एसपी कार्कीले जानकारी दिए।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
