यसैसाता फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए। एक वर्षको अन्तरालमा राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
काठमाडौँ– नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्।
मिडफिल्डर पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।
पुजनले गत सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिग मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए। यद्यपि, मंगलबार एएफसी कपअन्तर्गत प्रारम्भिक चरणमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दा उनी ‘प्लेइङ सेट’मा थिएनन्।

यता, रविले विभागीय टोली नेपाल पुलिसबाट खेल्दै आएका थिए। यस्तै, निशान्तले भने संकटाबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनीहरूलाई मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङ, जावलाखेल युथ क्लबका मिडफिल्डर हिसुब थपलिया, सातदोबाटो युथ क्लबका गोलरक्षक अभिषेक बराललगायतले बिदाइ गरेका थिए।
पुजन र निशान्तले नेपाल युनाइटेडबाट खेल्ने छन्। यस्तै, रविले भने एफसी फेवाबाट खेल्ने छ। फेवाले ‘ए’ डिभिजन लिगका मनाङ मर्स्याङ्दी र संकटा क्लब सम्हालिसकेका विष्णु गुरुङलाई मुख्य प्रशिक्षकमा भित्र्याएको छ। उनी पनि यसैसाता अस्ट्रेलिया पुगेका छन्।
दिनेश राजवंशी, तेज तामाङ, सुनिल बल, सुजल श्रेष्ठ, रजिन धिमाल, सन्तोष तामाङलगायत राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी पलायन भइसकेका छन्। यसैसाता राष्ट्रिय टोली तथा सातदोबाटो युथ क्लबका फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया पलायन भएका थिए। गत जेठमा सम्पन्न ‘ए’ डिभिजन लिगमा १२ गोल गोल गरेका दीपकले थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।
उनले सोही प्रतियोगितामा भुटानविरुद्ध ९०औँ मिनेटमा गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए। भारतमा सम्पन्न साफ च्याम्पियनसिप २०२३ को टोलीमा परे पनि दीपकले खेल्ने मौका पाएका थिएनन्।
दीपकले सिड्नीमा रहेको वेस्ट युनाइटेड फुटबल क्लबबाट खेल्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
