मधेशले दिएको १२३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौं– विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो।
मधेशले दिएको १२३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
एपीएफको जितमा लोकेश बमले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यता, प्रदीप ऐरीले ३८ बलमा ४ चौका र २ छक्कासहित ३३ रन जोड्दा आसिफ शेखले २५ रन बनाए। शेखले ३२ बलमा ५ चौका प्रहार गरेका थिए। सुमित महर्जनले १३ रन बनाए।
मधेशका रुपेश सिंहले ७ ओभर बलिङ गर्दै २ मिडेनसहित २९ रन खर्चिए २ विकेट लिए। राजेश यादवको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो।
मधेशका लागि तल्लोक्रमका रुपेश सिंहले अविजित रहँदै सर्वाधिक ३६ रन जोडे। उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए।
अनिल साहले १३, आदील आलम अन्सारीले ११ र राजेश यादवले १० रन बनाउँदा मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
एपीएफका कमल ऐरीले ९ ओभर बलिङ गर्दै १ मिडेनसहित २७ रन खर्चिएर ४ विकेट लिए। भुवन कार्की र मौसम ढकालको नाममा २/२ विकेट रह्यो।
अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ। पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
