एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनमा फुलेका विभिन्न रंगका फूलहरुले त्यहाँ पुग्ने जोकसैको मन लोभिन्छ।
काठमाडाैँ- प्राकृतिक छटाहरूले भरिपूर्ण गन्तव्य हो पाँचपोखरी। साँस्कृतिक र धार्मिक मान्यता पनि बोकेको यो स्थल सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाँउपालिकामा अवस्थित छ।
काठमाडौँबाट करिब दुई दिनको यात्रा गरेर यहाँ पुग्न सकिन्छ। सार्वजनिक यातायातबाट जाने हो भने काठमाडौँको जोरपाटीबाट पाँचपोखरीको लागि बस बिहानको ६ः३० बजे छुट्छ। काठमाडौँबाट हिँडेको लगभग ६ घण्टामा बसको अन्तिम गन्तव्य छिन्ती बजार पुगिन्छ। त्यहाँबाट शुरू हुन्छ, पैदल यात्रा।

बाटो केही अप्ठ्यारो भए पनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको पत्तै हुँदैन। छिम्तीबाटको पैदल यात्रापछि उकालो हुँदै टुप्पी डाँडा टप खर्कमा भने बास बस्नुपर्ने हुन्छ।

अर्को दिन टपखर्कबाट नोरसिंपाटी, लौरिबिना हुँदै पाँचपोखरी पुगिन्छ। एकै ठाँउमा पाँचवटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनमा फुलेका विभिन्न रंगका फूलहरूले त्यहाँ पुग्ने जोकसैको मन लोभिन्छ।

पाँच पोखरीमा हरेक वर्ष भदौमा एकादशीदेखि जनैपूर्णिमासम्म मेला लाग्ने गर्छ। मेलामा धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ। तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय भेषभूषा र भाषामा झाँक्री नाच हेर्न पाइन्छ।

इन्द्रावती नदीको उद्गमस्थल पनि हाे, पाँच पोखरी। यी पाँचवटै पोखरीका पनि अलग-अलग नाम छन्ः भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड। स्कन्ध पुराणको हिमवत् खण्डमा पनि यस पोखरीबारे वर्णन गरिएकाे छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
