प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसहित ६ एसएसपीको सरुवाको प्रस्ताव गरेको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै करोडौँ रकम असुली प्रकरणको अनुसन्धानमा खटिएका नेपाल प्रहरीका दुई अधिकारीसहितका ६ एसएसपीको सरुवाको तयारी गरिएको छ।
प्रहरी प्रधान कार्यालयले काठमाडौँ प्रहरी प्रमुख, एसएसपी दानबहादुर कार्की, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी मनोज केसीसहित ६ जना एसएसपीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव गृह मन्त्रालयसमक्ष पेश गरेको हो। एसएसपी कार्की र केसी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी हुन्।
एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय सरुवा गरेर उनको ठाउँमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याउन प्रस्ताव गरिएको छ। त्यस्तै, एसएसपी केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय सरुवा गरेर राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याउने प्रस्ताव गरिएको छ। एसएसपी शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सरुवा गरे उनको ठाउँमा सीआईबीकै एसएसपी दिनेश आचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ।
प्रहरी प्रमुख, आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीको सरुवाको प्रस्ताव गृह मन्त्रालयमा पेश गरेका हुन्। गृह मन्त्रालयका एक उच्च अधिकारीले उनीहरूको सरुवाको प्रस्ताव मन्त्रालयमा आएको बताए। “प्रहरी प्रधान कार्यालयबाट उहाँहरूको सरुवाको मौखिक प्रस्ताव आएको छ,” ती अधिकारीले भने “औपचारिक निर्णय हुन बाँकी छ।”
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको भन्दै थप १८ जनाले तीन वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्। पीडितहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यसअघि ११५ जना व्यक्तिले जाहेरी दिएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणका थप १८ जना पीडितको उजुरीमाथि अनुसन्धान अगाडि बढाउने तयारी भइरहँदा यसअघि सो प्रकरणको सक्रियतासाथ अनुसन्धान गरेका काठमाडौँ प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवाको तयारी भएको हो।
सानु भण्डारी, केशव दुलालसहितका व्यक्तिविरुद्ध लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँलगायतका जिल्लाका पीडितले जाहेरी दिएका छन्। उक्त प्रकरणमाथि पुनः अनुसन्धान अगाडि बढाउन पीडितले दिएको सक्कल जाहेरीसहितका कागजातहरू गत सोमबार जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको थियो।
यसैबीच उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा पनि फेरबदल भएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको गरेर उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापालाई ल्याइएको छ।
त्यस्तै, कार्य विभागबाट प्रशासन विभाग प्रमुखमा मिरा चौधरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट टेक प्रसाद राई मानव स्रोत विभागमा र मानव स्रोत विभागका सन्दीप भण्डारी प्रतिष्ठानमा सरुवा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
