ओडीआईमा कुशल भुर्तेलको पहिलो शतक

कुशल भुर्तेलले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा शतक पूरा गरेका छन्।

काठमाडौँ– कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा पहिलो शतक प्रहार गरेका छन्। उनले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा शतक पूरा गरेका हुन्।

उनले ९९ बलमा १०० रन पूरा गरे। त्यसक्रममा ९ चौका र चार छक्का प्रहार गरे। उनले अहिलेसम्म २६ वटा ओडीआई खेलका छन्। जसमा तीनवटा अर्धशतक प्रहार गरेका छन्। 

यसअघि यही खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका थिए। ७६ बलमा ७२ रन लिएका रोहितले ३ छक्का र ७ चौका प्रहार गरे। उनको यो सातौँ अर्धशतक हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याइरहेको छ। टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो।