काठमाडाैँ– छुदेन काविमोको उपन्यास उरमालले २०८१ सालको मदन पुरस्कार प्राप्त गरेको छ।
उरमालसँगै रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्य संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत श्रेष्ठ सूचीमा परेका थिए।
भारत दार्जिलिङमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका काविमोको अघिल्लो उपन्यास फात्सुङ पनि मदन पुरस्कारको मनोनयनमा परेको थियो।
यो पनि
यस्तै, जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई प्रदान गरिएको छ। विगत पाँच दशकदेखि लोक-संस्कृति क्षेत्रमा सक्रिय गिरीलाई लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत २०८१ सालको जगदम्बा श्री प्रदान गरिएको गुठीले जनाएको छ।
नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बा श्री अर्पण गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

