२४ घण्टामा ११ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ।

काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ। कार्यालयका अनुसार अन्य कसुरमा ८०४ सवारीसाधन कारबाहीमा परेका हुन्।

त्यस्तै, सीसीटीभीमार्फत ८०, रेड लाइट उल्लङ्घन गर्ने ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वान-वे उल्लङ्घन गर्ने ३५, यान्त्रिक अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाउने १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सीसीटीभीमार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।

उनले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरे।