संसद् सचिवालयले राप्रपाका पशुपतिशमशेर राणालाई प्रतिनिधिसभाको ज्येष्ठ सदस्य ठहर गरेको छ।
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो दुईदेखि तीनबजेसम्मको समय तोकिएको छ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।
बादी समुदायका युवतीहरूले आफूहरूका लागि छुट्टै कोटाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
नेपाली कांग्रेसको संस्थापनइतर समूहको छलफल मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्गिएको सहमहामन्त्री जीवन परियारले बताए।
एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।
संसदीय दलको नेतामा आकांक्षा राखेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छुट्टै छलफल गरेको छ।
शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको जीवनी ‘मोहनी मादल’ सार्वजनिक गरिएको छ।
क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ भने एक गम्भीर घाइतेलाई अस्पताल भर्ना गरिएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनका पार्टी र नेताहरूमा अहङ्कार बढे र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न तयार रहेको बताएका छन्।
कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए। कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ।
निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नवनिर्वाचित सांसदहरूसम्मको उपस्थिति रहेको छ।
थाइल्यान्डमा नौसेना सवार जहाज समुद्रमा पल्टिँदा ३१ जना बेपत्ता भएका छन् भने ७५ जनाको उद्धार गरिएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्गमा विचलन देखा परेको बताएका छन्। उनले हरेक चुनावमा नयाँ-नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने बताए।
नेकपा एकीकृत समाजवादीको दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आकाङ्क्षा देखाएका छन्।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पुस ७ गते १ बजे शपथग्रहण गराउने गरी तयारी भइरहेको जनाए।
टोखा–२ को नगर क्षेत्रभित्र भेटिएको करिब २१६ सेन्टिमिटर लामो संरचनामा माआपा (मल्लकालीन इँटा) को प्रयोग भएको छ। कोठा आकारको संरचनाको गारो १८ इन्चको र दुई पर्खालबीचको भाग ४२ इन्चको छ।