विज्ञहरूले सांसदको शपथबिना प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसदीय व्यवस्थामा सरकार संसद्बाट बन्ने र संसद्बाहिरबाट बन्ने सरकार संसद्प्रति उत्तरदायी हुन नसक्ने दाबी उनीहरूको छ।
विस्फोटको कसैले जिम्मा लिएको छैन। घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको सरकारको आशंका छ।
रास्वपाले संसदीय दलको नेतामा रवि लामिछानेलाई सर्वसम्मत चुनेको छ। पार्टीले आजै उपनेता, प्रमुख सचेतक तथा सचेतक पनि चुन्दैछ।
२०१६ को कोपा अमेरिकामा हार बेहोरेपछि सन्न्यास लिएका मेस्सी समर्थकको ‘डन्ट गो लियो’ अभियानले पुनः मैदान फर्किए। २०१८ को विश्वकपबाट पनि चुकेका उनले यसपटक भने अर्जेन्टिनाको ३६ वर्ष लामो सपना साकार पारे।
महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ।
नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि संसदीय दलको नेता छान्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल थाल्ने निर्णय गरेको छ।
अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो।
लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलअन्तरको अग्रता लिएको हो।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो।
राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।
नेपालले सन २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए पनि अहिले पनि जैविक र बायोमास इन्धनको खपत ९२ प्रतिशत रहेको छ। जसले सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले शपथ लिनुअगाडि नै सरकार गठनका लागि आह्वान हुनु गलत भएको बताएका छन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठनका लागि संवाद थाल्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।
सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।
फुटबल फिभर
विश्वकप फुटबलअन्तर्गत फ्रान्स र अर्जेन्टिना बीच जारी फाइनल खेल हेर्दै भक्तपुरबासी । तस्वीरः अमित मचामसि/उकालो
काठमाडौँ महानगरपालिकाले अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेपछि चालक र स्थानीय विरोधमा उत्रिएका छन्।
सुनको मूल्य एकैदिन ६०० रुपैयाँ बढेर एक लाख ५०० पुगेको छ।
इटालीका तत्कालीन मुख्य प्रशिक्षक भिटोरियो पोजाले मात्र आफ्नो टिमलाई लगातार दुईपटक विश्वकपको उपाधि जिताएका छन्। फ्रान्सका डिडियर डेस्वाँलाई आइतबार सोही रेकर्ड बराबर गर्ने अवसर छ।
संसदीय दलको निर्वाचन र नयाँ सरकार गठनका विषयमा छलफल गर्न आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।