सरकार तथा ईशनिन्दा गरेको आरोपमा इरानमा १ जनालाई मृत्युदण्ड दिइएको छ। उनीमाथि सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बलका जवानलाई घाइते बनाएको आरोपसमेत छ।
हाल देशका केही भागमा आंशिक बदली रही अन्य भागको मौसम सफा रहेको छ।
युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताएका छन्।
गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ बिहीबार लोकार्पण गरिएको छ।
स्पेनिस फुटबल महासंघले लुइस एनरिकेको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टे नियुक्त गरेको छ।
नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको स्कट्ल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै १२१ रन बनायो।
ज्यापु दिवस
ज्यापु संस्कृत बिकास कोषले १९औँ ज्यापु दिवस तथा य:मरी पुन्हीका अवसरमा र्याली निकालेको छ। परम्परागत बाजा र चामलको पिठोबाट बनाइएको य:मरीसहित लगनबाट शुरू भएको र्याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो। काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल, निवर्तमान मेयर विद्यासुन्दर शाक्यलगायत स्थानीय सहभागी थिए। नेपाल भाषामा य:को अर्थ मनपर्ने र मरीको अर्थ रोटी हाे। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। तस्वीरहरू: अमित मचामसी
पेरुमा पहिलोपटक महिला राष्ट्रपति नियुक्त भएकी छन्। पूर्वराष्ट्रपति पेद्रो कास्तियोमाथि महाअभियोग लागेपछि ६० वर्षीय दिना बोलुवार्ते राष्ट्रपति बनेकी हुन्।
सन् २०९२ सम्म विश्वकप जित्ने भिजनसहित अगाडि बढेको जापानले युवाहरूलाई आकर्षित गर्न टीभी कार्यक्रम र चलचित्र निर्माणमा जोड दिएको छ।
मन्त्री शर्माले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताएका छन्।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूका विषयमा टुंगो लगाउन कार्यसम्पदान समितिको बैठक बोलाएको छ।
गुजरात तथा हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) र भारतीय कंग्रेसले अग्रता लिएका छन्। गुजरात विधानसभामा १८२ सिट छन् भने हिमाचलमा ६८ सिट रहेका छन्।
पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे।
मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको समग्र नतिजा आइसकेको छ। अब समानुपातिकतर्फको सिट बाँडफाँट प्रक्रिया शुरू भएको छ।
ट्विटरका मालिक एलन मस्कले कर्मचारीको आरामका लागि कार्यालयमै शयन कक्षको व्यवस्था गरेका छन्।
मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्दैछ।
ज्यापु संस्कृति विकास कोषले नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेकाे छ।
जिल्ला न्यायाधीश भुवन गिरीले सम्बन्धविच्छेद भइसकेको भन्दै ढाँटेर आफूसँग बिहे गरेको बताउने उनी भन्छिन्- श्रृंखलाबद्ध रूपमा कुटपिट, जबर्जस्ती करणी र गर्भपतनसमेत गराए, प्रहरीले जाहेरी लिएन।
सरकारले व्यवसायी चन्द्र ढकालको लगानी रहेको जाल्पादेवी केबलकार कम्पनीलाई कैलालीको राष्ट्रिय वन क्षेत्रमा केबलकार सञ्चालनका लागि जग्गा दिने निर्णय गरेको छ।