AnonymousUser

Logout

माओवादीसँग एकता हुने प्रचारमा सत्यता छैन : एकीकृत समाजवादी

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा आफूहरू प्रष्ट रहेको तर माओवादी केन्द्रसँग एकता गर्नका लागि भने छलफल नै नभएको एकीकृत समाजवादीले जनाएको छ।

बाजुरामा रोकिएको मतगणना शुरू गर्न दलहरूसँग छलफल

निर्वाचन अधिकृत ढाकाराम पौडेलले बाजुरामा मतगणना पुनः शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन्।

रवि लामिछानेको नागरिकता विवाद छानबिन गर्न काठमाडौँ प्रहरीलाई प्रशासनको पत्र

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता छानबिन गर्न काठमाडौँ जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ। लामिछानेमाथि नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको आरोप छ।

ब्राजिललाई हराएर ३२ वर्षपछि अन्तिम १६ मा पुग्ने क्यामरुनको लक्ष्य

जारी विश्वकपमा १ अंक जोडेको क्यामरूनले अघिल्लो चरणमा पुग्न ब्राजिललाई हराएर मात्र पुग्दैन। अर्काे खेलमा सर्बियाले स्वीट्जल्यान्डलाई पनि पाखा लगाउनुपर्ने छ।

बाजुरामा राेकिएकाे मतगणना शुरू हुन सकेन

बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।

लिग टू : नामिबियासँग खेल्दै नेपाल

आईसीसी विश्वकप डिभिजन लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले शुक्रबार घरेलु टाेली नामिबियासँग खेल्दै छ।

रुस–युक्रेन युद्धमा १ लाख रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनले रुससँगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ।

बाजुरामा मतगणना रोकियो

बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ। 

दोलखामा माओवादी केन्द्रका कार्कीकाे अग्रता

दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।

विश्वकप फुटबलः समूह चरणका अन्तिम ४ खेल हुँदै 

विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्। एमालेका पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्।

बेल्जियम र क्यानडा विश्वकपबाट बाहिरिए

बेल्जियम र क्यानडा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएका छन्।

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

जर्मनी फिफा विश्वकपबाट बाहिएको छ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाले पनि समूहकै अर्काे खेलमा जापानले स्पेनलाई हराएपछि जर्मनी अभागी बनेको हो। 

आज देशभरको माैसम सफा रहने

हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

२०७९ मंसिर १५, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

प्रचण्ड र गृहमन्त्रीसँग सीके राउतको भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री बालकृष्ण खाँणसँग सीके राउतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई शुरूआती अग्रता

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डले अग्रता लिएका छन्।

सरकारमा ल्याउन साना दलहरू फकाउँदै देउवा

देउवाले बुधबार र बिहीबार मधेशकेन्द्रित दुईवटा दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने अन्य साना दलहरूसँग पनि संवाद बढाइरहेका छन्।

यू-१९ : लुम्बिनीको चौथो जित

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेटले हराउँदै लगातार चौथो जित निकालेको छ।