AnonymousUser

Logout

स्याङ्जा–२ : धनराज गुरुङलाई शुरूआती अग्रता

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पद्मा अर्याललाई ६५४ मतले पछाडि पारेका छन्।

थाइल्यान्डमा बाँदरलाई भाेज

थाइल्यान्डमा स्थानीयले बाँदरलाई पवित्र जनावर र शुभ कार्यको प्रतीक मान्ने गर्छन्।

दोलखाका १० केन्द्रमा मतदान जारी 

दोलखाका १० मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि मतदान जारी छ।

कोरियाविरूद्ध रोनाल्डो खेल्नेमा शंका

पाेर्चुगलले समूह चरणको आफ्नो अन्तिम खेल शुक्रबार एशियाली राष्ट्र दक्षिण कोरियासँग खेल्दै छ। उक्त खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्नेमा शंका रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्। 

ट्युनिसियासँग हारेको फ्रान्स समूह विजेता

समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।

सुनसरी–४ मा एमालेका कुसियैतको अग्रता

सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले पछि पारेका छन्।

अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा

एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।

इयूले रूसको रोक्का सम्पत्ति जफत गरेर युक्रेनलाई दिने

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले रूसको रोक्का सम्पत्ति जफत गर्दा प्राप्त हुने रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।

दोलखाका १० वटा केन्द्रमा बिहीबार हुँदै मतदान

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए।

२०७९ मंसिर १४, बुधबार

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

विश्वकप : कोस्टारिका र जर्मनीको खेल 'ह्यान्डल' गर्दै महिला रेफ्री

अल बेट स्टेडियममा हुने खेलमा फ्रान्सकी स्टेफिन फ्रापपार्ट मुख्य रेफ्रीको भूमिकामा हुने छिन्। उनलाई ब्राजिलकी सहायक रेफ्री नेउजा ब्याक र मेक्सिकोकी करेन डियाज मेडिनाले सहयोग गर्ने छन्।

लुम्बिनी प्रदेशसभा : प्रत्यक्ष निर्वाचित ५२ सदस्यमा एक मात्र महिला

लुम्बिनी प्रदेशसभाका प्रत्यक्ष निर्वाचित हुने ५२ सदस्यमा एक जना मात्र महिला निर्वाचित भएका छन्। प्रतिनिधिसभाका २६ क्षेत्रमा पनि एक जना मात्र महिला निर्वाचित भए।

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की ९४ मतले अगाडि, पछ्याउँदै एमालेका जगदीश कुसियैत

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-४ मा जारी मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले झिनो मतान्तरले पछ्याइरहेका छन्।

अफगानिस्तानमा महिलालाई पार्क जान प्रतिबन्ध

अफगानिस्तानमा सार्वजनिक स्थल जाँदा तथा यातायातमा यात्रा गर्दा परिवारका पुरुष सदस्यलाई साथमै लैजानुपर्ने, अनिवार्य रूपमा हिजाब र बुर्का लगाउनुपर्नेजस्ता बाध्यकारी नियम लागू गरिएको छ।

अर्जेन्टिनाको विश्वकप यात्रा पोल्यान्डमा निर्भर

यी दुई टिमबीच हालसम्म भएका ११ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने पोल्यान्डले ३ खेलमा जित हात पारेको छ। अन्य २ खेल भने बराबरीमा सकिएका छन्।

३.५१ अंकले घट्यो नेप्से, कारोबार रकम ८४ करोडमा खुम्चियो

बुधबार सेयर बजारमा ६४ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ।

हराएकी छोरीले ५१ वर्षपछि बा-आमा भेट्दा!

मेलिसा हाइस्मिथले ५० वर्षपछि आफूलाई जन्मदिने बुवाआमालाई भेटेकी छन्।

कतार विश्वकप : इरानी जनताले मनाए आफ्नै टोलीको हारमा उत्सव!

इरानी जनताले विश्वकपमा आफ्नो देशको फुटबल टोली अमेरिकासँग पराजित हुँदा खुसीयाली बनाएका छन्।

चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनमा तियानमेन स्क्वायरको प्रदर्शनपछि जेमिन शक्तिशाली नेताका रूपमा उदाएका थिए। उनी प्रजातन्त्रवादी नेताका रूपमा पनि चिनिन्छन्।