AnonymousUser

Logout

देशभर १५ प्रतिशत धान रोपाइँ

सुदूरपश्चिममा सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टरमा धान रोपाइँ हुने जनाइएको छ।     

बर्खा लागेसँगै चिन्तामा नल्लुका बाढीपीडित [तस्वीरहरू]

ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा, नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय बर्खा लागेसँगै त्रासमा छन्। उक्त क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले क्षति पुर्‍याएको थियो।

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह: विश्व बैंक 

असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

निजी विद्यालय सञ्चालन र इसीडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकाससम्बन्धी व्यवस्था पारित भएका छन्।

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

विपद् न्यूनीकरणका लागि काठमाडौँका नदीबाट निकालियो २ हजार ट्रिप माटो

कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट निकालिएको करिब २ हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ।

वीरगन्जमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

पर्साको वीरगन्जमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सबै विषय फरफारक हुने गरी काम गर्न आयोगलाई द्वन्द्वपीडितको आग्रह

द्वन्द्वपीडितले दुई पटक आयोगका पदाधिकारी फेरिँदा पनि न्यायमा ढिलाइ भएको र आयोग राज्यको स्रोत दोहन गर्ने तथा कार्यकर्तालाई रोजगारी दिने माध्यम मात्र बनेको आरोप लगाएका छन्।

नेपालीलाई भारतमा बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाएर राख्ने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीमा बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल दुई वटा कुकुरसहित सात जनाको टोली परिचालन गरेको छ।

साप्ताहिक ब्रिफिङ: १६–१७ वर्षे कलिलाहरू ‘तल्लो बाटो’मा लामबद्ध, संसद् पुगेका विधेयकमा सरकारकै अड्चन

यो साता उकालोमा एनपीएलमा ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी,दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण,३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेलसहितका खबर चर्चामा रहे।

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन् भने भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताएका छन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

अमेरिकी अर्थतन्त्र : पहिलो त्रैमासमा अपेक्षाभन्दा बढी गिरावट

अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासमा ०.५ प्रतिशतले संकुचित भएको छ।

पोखरा-जोमसोम हवाई उडान २ महिनाका लागि बन्द

वर्षायाम लागेसँगै हवाई यात्रु कमी र मौसम प्रतिकूलताका कारण निजी वायुसेवा कम्पनीले दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान स्थगित गर्ने निर्णय गरेका छन्।

दृष्टिन्युजका अध्यक्ष र सम्पादकसँग अदालतले माग्यो २५-२५ हजार धरौटी

अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टिन्युजका अध्यक्ष शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।

भारतमा बन्धक बनाइएका ५७ नेपालीको कसरी भयो उद्धार?

तीन वटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो। उद्धारपछि एक युवाले आमाको मृत्यु हुँदा पनि घर आउन नदिई चरम यातना दिएर राखेको बताएका छन्।

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच व्यक्ति-केन्द्रितसहित कुल सात उजुरी परेका छन्।

नेप्से परिसूचक ४.४५ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।