AnonymousUser

Logout

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार

अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदम अपनाउँदै समयमै सैनिक र कर्मचारीको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत नभएको जनाइएको छ।

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। 

इरानी सुरक्षा निकाय र इभिन जेल लक्षित इजरायली हवाई आक्रमण

इजरायलले युद्धको एघारौँ दिनमा इरानको राजधानी तेहरानस्थित इरानी सेनाको संरचना, बासिज मिलिसियाको कमान्ड केन्द्र, इभिन जेल र फोर्डो युरेनियम समृद्धिकरण केन्द्रमा शक्तिशाली हवाई आक्रमण गरेको छ।

अमला रोका धरौटीमा रिहा भएलगत्तै पक्राउ

६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ परेकी छन्। सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

इरान–इजरायल द्वन्द्व : तेहरानबाट मासाद शहर आइपुगे ११ नेपाली

इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा अर्को उजुरी

मो. आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सर्वोच्चको परमादेश र प्रत्यक्षदर्शीका बयानलाई बेवास्ता गरी फैसला गरेको भन्दै न्याय परिषद्‌मा अर्को उजुरी परेको छ।

बालमन्दिर जग्गा प्रकरण : तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ जिल्ला अदालतले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा ५० भन्दा बढी सैनिक स्थानीयको कब्जामा

कोलम्बियाको दक्षिणपश्चिमस्थित छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाले ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकलाई बन्धक बनाएको सेनाले जनाएको छ।

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियारले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

४.७८ अंकले बढेर २६ सयको बिन्दुमाथि उक्लियो नेप्से परिसूचक

सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा उक्लिएको छ।

 इरान–इजरायल युद्धबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारी माग

इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरूको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदले माग गरेका छन्।

सरकारी जग्गा हडप्ने कुरामा मेरो कहिल्यै समर्थन रहन्नः लेखराज भट्ट

कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा र किनबेच काण्डमा आफू नजोडिएको भट्टको दाबी छ।

कान्ति लोकपथको कन्तबिजोग (तस्वीरहरू)

देशको केन्द्रीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने सडकमध्ये कान्ति लोकपथ अहिले सबैभन्दा चल्तीको सडक हो।

प्रतिनिधिसभा बैठक: राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।

इरानको सत्ता परिवर्तनबारे ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा शासन परिवर्तनको बारेमा टिप्पणी गरेका छन्।

क्लब विश्वकप: पाचुकामाथि रियल मड्रिडको जित

फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ।

गाजामा ३ बन्धकको शव फेला

हमास लडाकु समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजाबाट तीन जना बन्धकको शव फेला पारेको छ।

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनजन्य जोखिमबाट बच्नका निम्ति आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

लिग–२ र टी२० शृंखला खेलेर स्वदेश फर्कियो नेपाली टोली

एकदिवसीय शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किएको छ।

इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।