माेरङकाे धनपालथान गाउँपालिका–६ पिण्डेश्वर मतदान केन्द्रमा सात सय मतदाता रहेका छन्।
मालिका गाउँपालिका–२ रुमका १०७ वर्षीय जसमनी कामीले मतदान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिहेन्द्र बोगटीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जानकारी दिए।
उनले डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ को अशिग्राम मावि रूवाखोला केन्द्रबाट मतदान गरेका हुन्।
शनिबार बेलुका पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै एमालेले मतदान शुरू गर्न दिएको थिएन।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो।
बागलुङको मतदाता नामावलीमा नाम नभएपछि केसीले मतदान गर्न नपाएका हुन्। उनी रुपन्देही बस्न थालेपछि आफ्नो नाम पनि उतैको मतदाता नामावलीमा सारेका थिए।
जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको सिरहाका डीएसपी सुवास बुढाथोकीले बताए।
माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।
कांग्रेस महामन्त्री गगनकुमार थापाले मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेकाे बताएका छन्।
गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको हो।
उनले भिमाद नगरपालिका–९ चिहानडाडाँमा अवस्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन्।
एमाले र कांग्रेसका कार्यकर्ताबीच शनिबार झडप भएपछि प्रहरीले एमालेका दुईजना कार्यकर्तालाई पक्राउ गरेको थियो। त्पही विषयमा विवाद भएपछि एमाले प्रतिनिधि नगएका हुन्।
मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही गर्ने निर्वाचन आयोगले जनाएको छ।
यसपटकको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ।
हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरकाे लोकञ्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल, शान्तिपुर ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका छन्।
बिहानैदेखि मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन्।