आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नं. ३ का धेरै मतदाताले विगतको समीक्षा गरेर मतदान गरेको र यसपटक नयाँ दल तथा उम्मेदवार रोजेको बताएपछि ठूला दललाई जित्न मुस्किल देखिएको छ।
निर्वाचन आयोगले मतदान स्थगित भएका स्थानमा पुनः मतदान गराएर ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने बताएको छ।
काठमाडौँ क्षेत्र ७ का मतदाताले प्रत्यक्षतर्फ दलभन्दा व्यक्ति हेरेको र समानुपातिकमा मिश्रित किसिमले मत दिएको बताएका छन्।
निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षाभन्दा कम मतदान भएको बताएको छ।
निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जनाएको छ।
प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।
नयाँ अनुहार खोज्ने मतदाताको हुटहुटीका कारण युवा र पहिलोपटक मतदान गरेका मतदाताको भोट निर्णायक हुने देखिन्छ। केही मतदातासँग गरिएको कुराकानीले निर्वाचन परिणाम पनि अनपेक्षित आउने सम्भावना छ।
राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खोल्ने, यिनै पार्टीभित्र असल नेतृत्वको विकल्प खोज्ने तथा पुस्तान्तरणको प्रयास गर्ने हो। समाज त्यस दिशातर्फ जाँदै छ भन्ने सङ्केत याे चुनावले पनि गरे।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएसँगै मतपेटिका उठाउन थालिएको छ
गोली लागेर अन्य २ जना घाइते छन भने प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ।
मतदानका क्रममा देशका केही स्थानमा हवाई फायर भएका छन् भने केही स्थानमा मतपेटिकामा हानी पुग्नेगरी आक्रमण भएका छन्।
भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आइतबार निर्वाचन पर्यवेक्षण गरेको छ।
मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन भएको थियो।
मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्।
मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्।
निर्वाचन-२०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म ६१ प्रतिशत मतदान भएको जनाएको छ। तस्वीरहरू : अमित मचामसी
स्याङ्जाको चापाकोट-१ भानु मावि मतदान केन्द्रमा झडप भएको छ।