AnonymousUser

Logout

सुनसरी-४(ख) का उम्मेदवार मेहताको उम्मेदवारी खारेज

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको र त्यस्तो सजाय भुक्तान गरेको ३ वर्ष पूरा नभएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको छ।

मद्यपान नगर्ने वाचा गर्दै सांसदले दिए राजीनामा

मादक पदार्थ खाएर सवारी चलाएकोमा माफी माग्दै उनले अबदेखि कहिलै रक्सी नपिउने निर्णय गरेको बताएका छन्।

दोस्रो ओडीआईमा यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी

यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।

भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रम स्थलनजिकै विस्फोट

चुनावी सभालाई नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने‍ तय गरिएको थियो।

पोल्यान्डमा क्षेप्यास्त्र खस्दा २ जनाको मृत्यु, नेटोले डाक्यो आकस्मिक बैठक

घटनाबारे अनुसन्धान अघि बढेको पोलिस प्रहरीले जनाएको छ। पोल्यान्डको अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ छ।

बानेश्वरको एउटै भवनबाट काठमाडौं महानगरले हटायो ४३ वटा बोर्ड 

महानगरपालिकाले परिचय पाटी हटाउने क्रमको पहिलो दिन २७५ वटा र दोस्रो दिन २६० वटा बोर्ड हटाइएको जनाएको छ। 

निर्वाचन लक्षित सुरक्षा तयारी पूरा

गृहमन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सुरक्षाप्रबन्ध मिलाइएको बताएको छ। निर्वाचनमा निर्धक्क भई मतदान गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

इरानले यमन पठाएको ७० टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ।

मतपत्रको गोपनीयता भंग गरे कारबाहीः निर्वाचन आयोग

निर्वाचन आयोगले मतपत्रको गोपनीयता भंग गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ। साथै, गोपनीयता भंग गरिएको मतपत्र गणना नहुने पनि बताएको छ।

युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनायो।युएईका वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले।

भक्तपुरमा आगलागी, एक जनाको मृत्यु

मध्यपुर थिमि नगरपालिका– ६ माथिल्लो कुण्डोलमा आत्माराम केसी र हरिशरण केसीको तीन तले घर जल्दा २५ वर्षीया छोरी अस्मिता कसीकाे मृत्यु भएकाे छ।

कास्की–३ का माओवादी उम्मेदवार बरालविरुद्ध उजुरी

कास्की–३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध माछापुच्छ्रे सञ्चार सहकारीको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ।

प्रवेशलाई मच्छिन्द्रमा पाएको सफलता दोहाेर्‍याउने मौका

प्रवेश कटुवाललाई एन्फाले पाकिस्तानविरूद्धको एक मैत्रीपूर्ण खेलका लागि मात्रै कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो। तर, पनि दंग छन्। उनमा नेपाललाई जिताउने हुटहुटी छ।

समूह 'ए' : लयमा रहेका नेदरल्यान्ड्स र सेनेगललाई इक्वेडर र कतारको डर!

विश्वकप फुटबलमा कुनै न कुनै रूपले वर्चस्व कायम राखे पनि नेदरल्यान्ड्स र सेनेगलकाे प्रदर्शन एकनासकाे छैन। त्यसैले समूह चरणमा कतार र इक्वेडरले यी दुई टाेलीलाई अप्ठयाराे पार्न सक्नेछन्।

लोकसेवाले माग्यो प्राविधिक अधिकृत

लोकसेवा आयोगले प्राविधिक अधिकृततर्फ राजपत्रांकित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका लागि विज्ञापन खुलाएको छ।

प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना

दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ कात्तिक २९, मंगलबार

आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

उम्मेदवार र जनप्रतिनिधिलाई आयोगले सोध्यो स्पष्टीकरण, बैंकको साधारणसभा रोक्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको उजुरीका आधारमा उम्मेदवार, जनप्रतिनिधिसँग स्पष्टीकरण माग गरेको छ।

बहुविवाहमा संलग्न भन्दै गृहमन्त्री खाँणविरुद्ध निर्वाचन आयोगमा उजुरी

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले ‘जनताको महाअभियोग आयोग’को नामबाट खाँणविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिए।

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो।