आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वीरगन्ज महानगर–१४ पिपरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।
मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।
सरकारले यस वर्षका लागि चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ, तर किसानले एक हजार ५०० रुपैयाँ पाउन पनि मुस्किल परेको छ।
आप्रवासीसम्बन्धी नियम कार्यान्वयनका क्रममा भएको विरोधलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसका सडकमा दुई हजार राष्ट्रिय गार्डका सैनिक तैनाथ गर्न आदेश दिएका छन्।
आइतबार नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को बिन्दुमा कायम भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, चिनियाँ कम्पनी एशियाइन्फो युनहान्ग सफ्टवेयरका उच्च अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार भेटिएको छ।
वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको निन्दा गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन्।
दिउँसो कोशी र मधेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ भन्दै टिप्पणी गरेका छन्। मस्कले राष्ट्रपति ट्रम्पको प्रस्तावित खर्च विधेयकको आलोचना गरेपछि विवाद चर्किएको थियो।
सरकारले लिएको करनीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम शहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिति रहने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलको भनाइ छ।
विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।