पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २५ जनाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ।
मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
आईसीसी महिला टी२० विश्वकप एशिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको अभियोगमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ।
बांग्लादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।
सगरमाथा संवादमा भारत, चीन र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको छ।
बसाइँसराइको चलनचल्तीको ट्रेन्डले सबैभन्दा नराम्रोसँग लोमन्थाङजस्ता हिमाली बस्तीलाई प्रभावित गरेको छ। त्यसमा पनि आन्तरिकभन्दा बाह्य बसाइँसराइको प्रचलनमा बढी जोडिएको छ लोमन्थाङ।
अख्तियारले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध पाँच करोड ३५ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो।
आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा मंगलबारदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ।
भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट हुने उडान रद्द गरेको जानकारी दिएका छन्।
अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको खोजी पनि जारी छ। सोमबार साँझ पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।
कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभाग हिमपातसमेत हुने सम्भावना छ।
जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी सोमबार साँझदेखि विद्युत् उत्पादन शुरू गरिएको छ।
सानीभेरी गाउँपालिका–१० मा भएको जिप दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।
धनुषाको मिथिला विहारी नगरपालिका–८ मा बिहे भोजमा खाजा खाँदा जन्तीसहित १०० भन्दा बढी बिरामी परेका छन्।
काठमाडौँस्थित सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।