AnonymousUser

Logout

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

प्रतिकूल मौसमका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ देखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ।

अमेरिका र चीन ११५ प्रतिशत कर कटौती गर्न सहमत

अमेरिका र चीनले वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेको जनाएका छन्।

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २१ करोड कर छलीको मुद्दा

कन्स्ट्रक्सनका सञ्चालकले वस्तु तथा सेवा हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको विभागको आरोप छ।

न्युजिल्यान्ड: मान्छेभन्दा भेडा धेरै भएको देश!

विदेशमा रहेका न्युजिल्यान्डवासीहरूका लागि यो लामो समयदेखि मजाकको विषय बन्दै आएको छ।

‘पश्चिमा मिडिया शेर्पा र गोर्खा मात्र नेपालको विषय ठान्छन्’

‘थोरै संख्याका धनाढ्य पुरुषहरूले समाचार मात्र नभई, विश्वव्यापी राजनीतिको दिशालाई पनि आकार दिएका छन्। काम गर्न झन‍्झन् गाह्रो हुँदैछ।’

सुनको मूल्यमा भारी गिरावट

आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्जेन्डरलाई रिहा गर्ने

हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।

किरात राई समुदायले आज उँभौली पर्व मनाउँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

जेलेन्स्कीले भने– बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।

हिमालबाट ७७ करोड रोयल्टी संकलन

सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ।

यू १९ साफ च्याम्पियनसिप: श्रीलंकालाई ५-० ले हराउँदै नेपाल सेमिफाइनलमा

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।

पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

गभर्नर बन्ने चर्चाबीच सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन्।

सहकारीको धितो सुरक्षण बिक्री गरी बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाउन परमादेश

परमादेशमा सात दिनभित्र सिफारिस समिति गठन गरी बढीमा एक महिना १५ दिनभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न भनिएको छ।

गाजामा जल संकट : दैनिक ५ लिटरभन्दा कम पानी पाउँछन् नागरिक

जल प्राधिकरणले इजरायललाई तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आवासीय चिकित्सकका अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रालयले बनायो कार्यदल

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ।

संसद्‍मा पेश भयो बजेटका सिद्धान्त र प्राथमिकता

डिजिटल पूर्वाधार, शिक्षा–स्वास्थ्य सुधार, मानव पुँजी निर्माण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र समावेशी विकास लगायतलाई बजेटको प्रमुख प्राथमिकता बनाइएको अर्थमन्त्रीको भनाइ छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ को बिन्दुमा कायम भएको हो।