म्याद थप्न सरकारी वकिल कार्यालय पुर्याएका बेला मानव बेचबिखनको आरोपमा पक्राउ एक महिला फरार भएकी छन्।
लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाकालाई स्वीकृत गरेको छ।
शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
‘अमरपोस्टिया स्टिपाटिका’ नामक यो च्याउको गुणबारे हालै अनुसन्धान गरिएको हो। यसलाई काठेढुसी पनि भनिन्छ। रोचक कुरा त के भने यति तीतो भएर पनि यो च्याउ विषाक्त भने छैन।
क्यानडाको भ्यानकुभरमा सडक उत्सव मनाउन जम्मा भएको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु भएको छ।
दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक मार्गदर्शन नीति तथा कार्यक्रममा समावेश गर्न तथा जलवायु परिवर्तनका असरलाई मध्यनजर गरी योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ।
आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा कायम भएको छ।
पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ। एमसीए नेपालले २ अर्ब रुपैयाँ बराबर बजेट फिर्ता गरेको छ।
प्रदर्शनमा उत्रिएका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो।
संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गरिरहेको छ।
दिउँसो कोशी र मधेश प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ।
वैशाख कृष्ण पक्ष औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गरेको छ।
शनिबार राति सेभिल्लामा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराउँदै च्याम्पियन बनेको छ।
हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ।
सामुदायिक वनमा लागेको डढेलो फैलिँदा नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा क्षति पुगेको छ।
पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।
इरानको बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा ५०० जनाभन्दा बढी घाइते भएका छन्।
‘ट्र्याक’ खुलेको २७ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुन्डे सडक कालोपत्र गर्ने तयारी भएको छ।