AnonymousUser

Logout

स्पेन र पोर्चुगलका धेरैजसो क्षेत्रमा विद्युत् अवरुद्ध, हवाई तथा रेल सेवा प्रभावित

विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको छ।

१७ अर्ब ८६ करोडको अवैध कारोबार, ११ जिल्लाका २१ जना पक्राउ

सीआईबीले १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले बुझायो प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, भ्रष्टाचारसम्बन्धी गुनासाबारे अध्ययन गर्न गठित राजेन्द्रप्रसाद लिङ्देन संयोजकत्वको उपसमितिले सोमबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापतिलाई बुझाएको छ।

एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न बाटो खुल्यो

चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित कार्यदलको प्रतिवेदन स्वीकार गरेको छ।

उड्डयन क्षेत्र थप सुरक्षित गर्ने गरी कानून बनाइनुपर्नेमा सांसदको जोड

सांसदले नेपालको आकाश किन असुरक्षित भन्नेबारे अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने बताएका छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, करिब ९ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ।

क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकलको ओहोरदोहोरले जोखिममा सुस्ता झोलुंगे पुल

क्षमताभन्दा बढी व्यक्तिको ओहोरदोहोर र मोटरसाइकल कुदाउँदा झोलुंगे पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।

वर्गीकरण थालेपछि घट्यो बञ्चरेडाँडा लगिने फोहोर

काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिरहेको छ।

चट्याङ लागेर १७ भैँसी मरे

संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्।

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदहरूको माग

विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन्।

सुनचाँदीको मूल्य घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।

४ महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो।

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर २ मजदुरको मृत्यु

त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

युक्रेन युद्धमा रुसको पक्षमा लड्न सेना पठाएको उत्तर कोरियाको पुष्टि

उत्तर कोरियाले रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको कुरालाई पहिलो पटक स्वीकारेको हो।

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई

आइतबार राति सम्पन्न खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि उपाधि हात पारेको हो।

पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी

भारतको जम्मु-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

यस्तो रहनेछ सोमबारको माैसम

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

युद्ध अन्त्यमा पुटिनको तत्परतामाथि ट्रम्पको शंकापछि रुसबाट युक्रेनमा १५० ड्रोन प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तत्परतामाथि शंका व्यक्त गरेपछि रुसले युक्रेनमा व्यापक ड्रोन आक्रमण गरेको छ।