सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने, अनावश्यक सार्वजनिक संरचना खारेज, गाभ्ने या पुनर्संरचना गर्नेलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रमले मुलुकलाई दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामलाका सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखेको छ।
नीति तथा कार्यक्रममा शिक्षा ऐन चालू अधिवेशनबाटै, विद्युत् अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालक्षित स्टार्टअप प्रवर्द्धनसहितका विषय समेटिएका छन्।
सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने भएको छ।
विकास कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने पनि सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ।
सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने भएको छ।
तामाकोशी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्म कटान गरिरहेको छ।
कालीगण्डकीमा पुल नहुँदा थासाङ गाउँपालिका–२ सौरु र सिरकुङ गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनीहरूलाई स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्याउन समस्या छ।
वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिममा राखेर दैनिक जोखिमपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूलाई राज्यले बीमाको व्यवस्था गरिदिनुपर्ने भन्दै माग गरिएको हो।
मेरो भ्वाइस युनिभर्समा विश्वका २३ देशका नेपाली गायक गायिकाले फाइनल प्रतिस्पर्धा गर्दैछन्। नेपालसमेत विश्वका १३ मुलुकमा अडिसन गरिएको थियो।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो।
परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
उदयपुरको कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।
गायिका झुमा लिम्बूसँगको अन्तरसंवादमा लेखक सुवेदीले लोकगीतमा रहने सरलताको शक्ति र हास्यव्यंग्य चेतलाई अरू गीतले जित्न नसक्ने बताएका छन्।
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। पहिलो दिन ललितपुरको पुल्चोकबाट मत्स्येन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्याइएको छ।
३१ वटा संघसंस्थाका प्रतिनिधिले सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेका छन्।
उनीहरूले पीडितलाई थप पीडा र निराश पार्ने देखावटी प्रक्रिया अपनाइए पीडित समुदायकै अगुवाइमा समानान्तर नागरिक आयोग बनाई सत्य अन्वेषण गरी पीडकको नाम सार्वजनिक गर्न बाध्य हुनेसमेत चेतावनी दिएका छन्।
यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।