ला लिगामा किलियन एमबाप्पेले दुई गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्।
सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले जीवा लामिछानेद्वारा लिखित नियात्रा ‘अक्षत अन्टार्कटिका’लाई ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
रौतहटको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ।
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई प्रिन्टिङ उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ।
युवा प्रतिनिधि र कार्यकारी हैसियतका महामन्त्रीसमेतले पार्टी तथा सरकारको विकृति तथा बेतिथिमाथि बोल्न छाडेकोमा दुःख लागेर विज्ञप्ति जारी गरेको नेता उपाध्यायको भनाइ छ।
चट्याङ लागेर कञ्चनपुरमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
लन्डनमा आतंकवादविरोधी दुई छुट्टाछुट्टै कारबाहीमा सात इरानी नागरिकसहित आठ जना पक्राउ परेका छन्।
अख्तियारले नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ।
बागमती खोलामा बनाइएको डाइभर्सन मर्मत गरेर हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारी आवागमन सुचारु भएको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार र विकासका लागि दलित विकास प्राधिकरण गठन गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिएको छ।
क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन केही समयपछि पुनः शुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ।
शनिबार बिहान १० बजे शुरू भएको मुइज्जुको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको थियो।
खोज पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको दिशामा योगदान दिएको भन्दै अमेरिकाको टेक्ससस्थित हेम–सरिता पाठक फाउन्डेसनले दाहालद्वयलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ।
परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।