बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्। टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक भने स्थान बनाउन सकेनन्।
वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्।
सरकार र आवासीय चिकित्सकबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन पानी पार्ने बादल कायम रहने भएकाले सावधानी अपनाउन अनुरोध गरे।
नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन क्षमता बढाउन ४०० भन्दा बढी अस्थायी दरबन्दी थप गर्ने भएको छ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ सार्वजनिक भएको छ।
अस्ट्रेलियाको आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको छ।
पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको छ।
महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ।
सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणापत्र जारी गरेको थियो।
आगो बाल्नका लागि हजारौँ मानिस भेला भएको बेला भएको घटनामा कम्तीमा ८० जना घाइते भएको र उनीहरूको उपचार भइरहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताएका छन्।
प्रहरीले अहिलेसम्मको अनुसन्धानमा मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको नेपाली दूतावासले जनाएको छ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार सकिएको सम्मेलनमा निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
युरोपेलीहरूको व्यक्तिगत तथ्यांक चिनियाँ अधिकारीको पहुँचमुक्त रहेको भनी सुनिश्चितता गर्न नसकेको आरोपमा ईयूको तथ्यांक सुरक्षा अनुगमन संस्थाले टिकटकलाई ५३ करोड युरो जरिबानाको घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ।