AnonymousUser

Logout

दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटियो

दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको, अरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।

शिक्षकहरूको आन्दोलनबीच शिक्षामन्त्री भट्टराईको राजीनामा

शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको छ।

रुपन्देहीको दानव नदीमा डुबेर ३ बालक बेपत्ता

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर तीन बालक बेपत्ता भएका छन्।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा कायम भएको छ।

चितवनमा सञ्चालित उद्योग–व्यवसायमा कोभिडको असर कायमै

निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको उद्योगी/व्यवसायीहरूको भनाइ छ।

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

फोक्सोको संक्रमणबाट पीडित पोप फ्रान्सिसको सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो। उनी पोपको पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी पादरी थिए।

एकछिन फोन गर्नका लागि भन्दै मोबाइल मागेर फरार हुने ३ जना पक्राउ

काठमाडाैँको ठमेल र धुम्बाराही क्षेत्रमा ट्याक्सी चालकहरूसँग विभिन्न बहानामा कुरा गरी, साथीलाई फोन गर्छु भन्दै मोबाइल मागेर फरार हुने गरेका थिए।

सुनको मूल्य तोलाको १ लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।

कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित ४ जनाको मृत्यु

पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न, खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्र्याक्टर बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्रम्प ट्यारिफ: डीएचएलले रोक्यो अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यको पार्सल वितरण

कुनै पनि देशबाट अमेरिकामा आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यको पार्सल ढुवानी सोमबारदेखि अस्थायी रूपमा रोक्का गरिएको जर्मन कम्पनी डीएचएलले जनाएको छ।

जिपमा आगलागी घटना: मृत्यु हुने र घाइतेको पहिचान

फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको जिप विद्युत्को पोलबाट चुँडिएको तारमा अल्झिँदा आगलागी भएको प्रहरीको भनाइ छ।

डाक्टरहरूको टोलीमाथि आक्रमण गरेको घटनामा इजरायलले स्वीकार्‍यो गल्ती

इजरायली सेनाले गत महिना गाजामा १५ प्यालेस्टिनी डाक्टरको हत्या गल्तीबस भएको जनाएको छ।

ताप्लेजुङमा जिपमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ घाइते

सोमबार बिहान करिब ५ः०० बजे विद्युत‍्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मोटरसाइकल कृष्णभीरबाट त्रिशूलीमा खस्दा १ जनाको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

बुटवल उपमहानगर–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी युवतीको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार भइरहेको छ।

आयोजनाको पुनः प्राथमिकीकरण गरी खर्च गर्न सक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव

संघ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्डबमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ।

अध्यक्ष लिङ्देनसहित राप्रपाका ७ नेता रिहा

सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका राप्रपाका नेताहरू रिहा भएका छन्।

तनहुँ दुर्घटना : मृतकको सनाखत

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब चाहिने

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा जीड‍ीपीको ४५.४ प्रतिशत लगानी आवश्यक पर्ने योजना आयोगको अनुमान छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।