रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।
अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।
वर्षाका कारण मैदानमा असर परेर अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल आईसीसी यू१९ विश्वकपमा पुग्न असफल भएको छ।
वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को वसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ।
सरकारले यस आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।
बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब ६ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा सुनसान रहेको नेपालगन्ज रंगशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको छ।
चोक–चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बनेका छन्। उपत्यकाको भित्री बस्तीका लागि त यी सडक ‘लाइफलाइन’ नै बनिरहेका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भए।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दाङमा शुक्रबार बेलुका यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २ जनाको मृत्यु भएको छ।
जीतपुर सिमरा उपमहानगर–१६ स्थित पथलैया–निजगढ सडक खण्डमा कार र टिपर ठोक्किँदा हुँदा दुई जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु र २५७ जना घाइते भएको जनाएको छ।
रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नुरहेको अमेरिकी सेनाले जनाएको छ।
आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ।
कहिले झैझगडामा रमाउने त कहिले ‘डन’ बन्ने सपना देख्ने भरत अहिले अन्तर्राष्ट्रिय रंगशालामा देशको झन्डा बोकेर उभिन सफल भएका छन्। एक हात नहुनु उनको कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।
जाजरकोट खेमबहादुर शाहीले भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीपलाई हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन्।
अर्ग्यानिक फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरतातर्फको बाटो खोलिदिएको छ।
फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो।
ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।
साथीले बोकेको भरुवा बन्दुक पड्किएर छातीमा गोली लाग्दा बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो।