AnonymousUser

Logout

हितेन्द्रदेव शाक्यको रिटमा लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ। 

हिंसात्मक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

तुलसीपुरमा स्कारपिओ दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका पाँच जना जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था समान्य छन्।

राजावादीको आन्दोलन: तीनकुनेमा जलाइएको घरभित्र डढेको अवस्थामा एक जनाको शव भेटियो

राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।

हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा सहजीकरण गरिने

तीनकुने क्षेत्रमा कर्फ्युको आदेशपछि काठमाडौँ प्रशासनले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ।

तीनकुनेको प्रदर्शनमा १ जनाको मृत्यु

राजसंस्था पुनर्स्थापनालगायतका माग गर्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।

कर्फ्यु लागू भएपछि कोटेश्वर क्षेत्रमा सेना परिचालित

काठमाडौँ प्रशासनले कोटेश्वर क्षेत्रमा कर्फ्युको आदेश जारी गरेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालित भएको छ।

भूकम्पबाट बैंककमा ३ जनाको मृत्यु

थाइल्यान्डमा भूकम्पबाट भवन ढल्दा भग्नावशेषमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

राजवादीको प्रदर्शन उग्र बनेपछि काठमाडौँ प्रशासनले तीनकुने क्षेत्रमा लगायो कर्फ्यू

राजवादीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वरको तीनकुने क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ।

राजावादीले गरे एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड

राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन्।

भूकम्पले बैंककमा ३० तले भवन ढल्दा फसे ४३ श्रमिक

भूकम्पका कारण बैंककस्थित निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको स्थानीय प्रहरीले जनाएको छ।

राजावादीको प्रदर्शनले तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा पानीको फोहरा र टियर ग्यास प्रहार

राजसंस्था पुनर्स्थापनासहितको माग राखेर सडकमा उत्रिएका राजावादीको प्रदर्शनमा तनाव भएको छ। 

राष्ट्रियसभामा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षी दलको अवरोध

 प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको शुक्रबारको बैठक एक घण्टाका लागि स्थगन भएको छ।

कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। त्यसपछि घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

म्यानमारको सागिङ शहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको छ भने भवनमा क्षति पुर्‍याएको छ।

भारतको बहराइचमा दुर्घटना: ४ नेपाली तीर्थयात्रीको मृत्यु

गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। अन्य पाँच जना घाइते छन्।

सिरहा घटना: प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार

बिहीबार तोलाको १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ।

आईपीएल: हैदरावादमाथि लखनऊको जित

टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो।