AnonymousUser

Logout

पूर्वसचिव पाण्डे र बेचन झालाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा उपस्थित १४५ सांसदमध्ये पक्षमा ९६ र विपक्षमा ४९ मत खसेको हो।

धनुषाको भठिहनमा प्रहरीले चलायो गोली, १ जना घाइते 

धनुषाको भठिहनमा चोकको नामकरणको विषयमा भएको दुई पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

नेप्से परिसूचक १० अंकले घट्यो, ५ अर्ब ४० करोडको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा कायम भएको छ।

 मंगलबार पृथ्वीमा फर्किँदै अन्तरिक्षमा फसेका बुच विल्मोर र सुनी विलियम्स

उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको पहिलो परीक्षण यात्राका क्रममा प्रोपल्सनमा समस्या देखिएपछि अन्तरिक्षमा फसेका थिए।

शिलालेख राखिएको भवनमा ‘ताला’, पानी–बिजुली नभएको अर्को भवन उद्घाटनमा जाँदै प्रधानमन्त्री

बीपी प्रतिष्ठानअन्तर्गत रहेको मातृशिशु स्याहार केन्द्र भवन निर्माण थालिएको ११ वर्षमा पनि सम्पन्न भइसकेको छैन। पानी, बिजुलीसमेत जडान भइनसकेको त्यो भवन उद्घाटनका लागि प्रधानमन्त्री धरान जाने भएका छन्।

नमोबुद्ध–तेमाल सडकखण्डको स्तरोन्नति ८ महिनादेखि अलपत्र

सडक निर्माणलाई तीव्रता दिन पटक–पटक ताकेता गरेको तर ठेकेदार कम्पनीको बेवास्ता गरेका कारण आयोजना लथालिंगको अवस्थामा पुगेको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

‘अञ्जिला’को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ यतिबेला हलहरूमा प्रदर्शन भइरहेको छ।

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

विदेशमा कार्यरत नेपालीको जिउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदले सरकारसँग माग गरेका छन्।

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

उक्त वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको छ।

जंगलमा आगो लगाएको आरोपमा २ जना पक्राउ

शैलुङको वन क्षेत्रमा ठूलो क्षति गरेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

अमेरिकी हवाइ आक्रमणमा ५३ हुथी विद्रोहीको मृत्यु

अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध 'निर्णायक र शक्तिशाली' हवाइ आक्रमण शुरू गरेको बताएको थियो।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलको गत राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन्।

कोशी र मधेश प्रदेशमा हुरीबतासको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने

सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायुसम्बन्धी विभिन्न १६ विषयका सत्रमा हुने छलफलमार्फत नेपालले जलवायु न्यायका लाग वकालत गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताए।

कालीगण्डकी नदीमा २ मजदुर मृत फेला

पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन्।

जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन

होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका आशु यादवका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।

उत्तर म्यासेडोनियाको रात्रि क्लबमा भएको आगलागीमा ५९ जनाको मृत्यु

उत्तर म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ।

विष्णुमती नदी सरसफाइका क्रममा भटिएको मूर्ति स्थान यकिन गरी पुनर्स्थापना गरिने

विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन गर्ने भएको छ।

गृहले थाल्यो भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने प्रक्रिया

भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ।