AnonymousUser

Logout

२५ करोड रुपैयाँ बराबरको युरो र डलर लिएर रसुवागढी नाका जाँदै थिए पक्राउ परेका लामा

यसअघि २०७३ पुसमा सात केजी सुनसहित पक्राउ परेका लामामाथि राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो भने उनी २०७८ मा छुटेका थिए।

नेप्से परिसूचकमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ७.६६ अंकको घटेर २६९७.०४ को विन्दुमा कायम भएको छ।

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको १८ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयबाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ वटाको बोलपत्र आह्वान भएको छ।

साफ यू१९ च्याम्पियनसिप: नेपालको पहिलो खेल श्रीलंकासँग

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा हुने प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ। 

बीपी प्रतिष्ठानको एमसीएच भवन उद्घाटन स्थगित 

आर्थिक अनियमितताको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको उक्त भवन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको थियो।

सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १०० रुपैयाँले वृद्धि

छापावाल सुन मंगलबार तोलाको १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

होन्डुरसमा जहाज दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

लान्सा एयरलाइन्सको जहाजले रोआटानबाट सोमबार साँझ उडान भरेको थियो र ला सेइबा बन्दरगाहतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो।।

२० करोडभन्दा बढी रुपैयाँसहित काठमाडौँमा १ जना पक्राउ

टोखा नगरपालिका–१ झोर क्षेत्रमा ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरीले‍ जनाएको छ।

चल्ला बिक्री हुन छाडेपछि २३६ ह्याचरी उद्योग बन्द

कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। अहिले यो संख्या १२० मा झरेको छ। यस्तै, १४ वटा रहेको लेयर्स ह्याचरी ६ वटामा झरेको छ। 

गाजामा इजरायलको आक्रमण, १३० जनाको मृत्यु

इजरायली सेनाले हमासको आतंकवादी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। मध्य गाजामा देर अल–बलाहमा इजरायली सेनाले तीन घरलाई निशाना बनाएको छ।

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

किशोरीलाई दौडमा आकर्षित गर्न नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सहकार्य

समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत सशक्तीकरण गराउन वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच सम्झौता भएको छ।

खोटाङमा डढेलो गाउँ पस्दा विद्यालयसहित ७ घर जले

हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन्।

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।

वाणिज्य बैंकले ‘सीएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने

वाणिज्य बैंक तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम सबै प्रदेशमा खर्च गर्नुपर्ने भएको छ।

प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

अमेरिकामा आएको आँधीबेहरीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

मध्य तथा दक्षिणी अमेरिकामा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।

भोजपुरमा डढेलो बस्ती पस्दा जले ८ घर र पाली

सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएका छन्।