AnonymousUser

Logout

युरोपेली संघले अमेरिकामाथि प्रतिशोधात्मक कर लगाउने

युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ।

ललितपुर महानगर र रुसको उलान उदे शहरबीच भगिनीसम्बन्ध कायम

रुसको उलान उदे शहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे शहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे।

नेपाली क्रिकेटरको नयाँ ग्रेडिङ, २० हजारदेखि १ लाखसम्म पारिश्रमिक

बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङमा पुरुषतर्फ पाँच र महिलातर्फ चार जना खेलाडी ग्रेड ‘ए’ मा परेका छन्।

काठमाडौँमा होलीको किनमेलमा कमी, मुख्य बजारहरूमै छैन चहलपहल

काठमाडौंका भित्री व्यस्त बजार असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा यस वर्ष होलीको अपेक्षित व्यापार र चहलपहल नभएको व्यापारीहरू बताउँछन्।

न्यून भिजिबिलिटीका कारण विमान आकाशमै ‘होल्ड’

 प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाइ उडान प्रभावित भएका छन्।

नामिबियासँग नेपाल २३ रनले पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार खेलेको आफ्नो चाैथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।

लगातार सात कारोबार दिन घटेको शेयरबजारमा आज दोहोरो अंकको वृद्धि

आज नेप्से १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ को विन्दुमा कायम भएको छ।

कांग्रेसका नेताले जग्गा कब्जा गरेको आरोपपछि प्रतिनिधिसभामा सांसदको आपत्ति

नेपाली कांग्रेसका नेताले काठमाडौँको तार्केश्वरमा रहेको सरकारी जग्गा कब्जा गरेको आरोप लागेपछि कांग्रेसकै सांसदहरूले आपत्ति जनाएका छन्।

‘होम सेन्टर’ नपर्ने गरी कक्षा ८ को परीक्षा लिँदै काठमाडौँ महानगर

विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने भएकाले ‘होम सेन्टर’ नपर्ने गरी परीक्षा लिन लागिएको महानगरको भनाइ छ।

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।

प्रतिनिधिसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रूपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताइन्।

संकट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

‘रिभाइटलाइजिङ द टेलिकम इन्डन्डस्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका छन्। 

रेलका बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’को अपरेसन

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए।

थकाली समुदायले मनाए तोरन्ल पर्व

फागु पूर्णिमाका बेला परे पनि तोरन्लमा रंग खेल्ने चलन पहिला नरहेको र पछिल्लो समय भने रंग पनि खेल्न थालिएको छ।

ताप्लेजुङको खोक्लिङमा १४० रोपनीमा सामूहिक मकैखेती

मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १४० रोपनी क्षेत्रफलमा मकैखेती लगाएका छन्। 

च्याम्पियन्स लिग: लिभरपुललाई हराउँदै पीएसजी क्वार्टरफाइनलमा 

एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले पहिलो लेगको पराजय उल्टाउँदै लिभरपुललाई पेनाल्टीमा ४-१ ले पराजित गर्‍यो। 

रुससँग ३० दिने अस्थायी युद्धविराम गर्न युक्रेन सहमत 

वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने उल्लेख गरिएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

लागुऔषध मुद्दाका प्रतिवादी गोकर्णेश्वरबाट पेस्तोलसहित पक्राउ

प्रहरीले लागुऔषध मुद्दाका प्रतिवादीलाई काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ।

साफ च्याम्पियनसिप : नेपालको समूहमा भारतसँगै श्रीलंका

भारतमा आयोजना हुने साफ यू१९ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन्।