अमेरिकाले गैरकानूनी रूपमा त्यहाँ रहँदै आएका १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई तत्काल निष्कासन गर्नुपर्ने सूचीमा राखेको छ।
पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन।
विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ।
प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको छ।
धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्।
चोहर्वाबाट लहानतर्फ जाँदै गरेको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ।
गृह मन्त्रालयले पाथीभरामा केबलकार निर्माण विवादलाई शान्तिपूर्ण ढंगले निष्कर्षमा पुर्याउन अनुरोध गरिएको छ भने कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ।
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरिएको छ।
बेलाबेला नगर प्रहरीले सामान जफत गर्ने, कमजोर व्यावसायिक वातावरण र आधारभूत सेवाको अभावले गर्दा सडक तथा फुटपाथ व्यवसायीहरूलाई थप मर्का पर्ने गरेको एक अध्ययनले देखाएको छ।
मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको छ।
संसद्को हिउँदे अधिवेशनमा सरकारले हालै जारी अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने निर्णय गरेको छ।
उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा पाँच भक्तजनको मृत्यु भएको भएको छ भने ४० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसला कार्यान्वयनका क्रममा १० रुपैयाँ जरिबाना तोकिएका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
निजी मेडिकल कलेजले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवं प्रचलित श्रमसम्बन्धी कानूनबमोजिम मर्यादित सेवासुविधा उपलब्ध गराउनुपर्ने निर्णयमा उल्लेख छ।
पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतले तोकेको धरौटी बदर माग गर्दै दायर निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी–६ का सुनिल दसौदी, काभ्रेपलान्चोकको पाँचखाल–५ का विकास दवाडी, गोरखाको शहीदलखन–७ का सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर–८ निवासी विशाखा पौडेल रहेका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन्।