AnonymousUser

Logout

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित

चिसो बढेसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेको पूर्वाञ्चल विद्याविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ।

सुन्तला बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी

बेनी नगरपालिका–३ मरेकका २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन्। यस वर्ष प्रतिघरले न्यूनतम १ लाख रुपैयाँसम्मको सुन्तला बेचेका छन्।

सात वर्षमा पनि बनेन आँधीखोला पुल

भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि सम्पन्न हुन सकेको छैन।

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव: घट्यो उत्पादन

तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोकमा केही वर्ष अघिसम्म सुन्तला उत्पादन प्रशस्त हुने गरेको थियो। पछिल्लो समय पानी कम पर्न थालेसँगै सुन्तला पनि कम फल्न थालेको किसानले बताएका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

रुस–युक्रेन युद्धमा अस्ताए विनोद, आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि

युद्धमा बितेका छोराको शवसमेत देख्न नपाउँदा वीरबहादुरको परिवारलाई झन् पीडा थपिएको छ। ‘शव पाएको भए पनि मन बुझाउन हुन्थ्यो,’ वीरबहादुर भन्छन्, ‘खबरकै भरमा छोरा बितेको भनेर पत्याउन सकिरा छैनौँ।’

महाभारत शृंखलाको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ।

पुससम्ममा मधेश प्रदेशले गर्‍यो मात्रै ५.८३ प्रतिशत बजेट खर्च

मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ।

भारतको महाराष्ट्रमा ‘जीबीएस’ संक्रमणबाट पहिलो मृत्यु

भारतको महाराष्ट्रमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

‘यूएसएआईडी’ले स्रोत बेहोर्ने ४ परियोजना रोक्न अर्थको निर्देशन

यूएसएआईडी र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

पहिरोले महाकाली लोकमार्ग ४ दिनदेखि अवरुद्ध

वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको छ। सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलंगा अध्ययन गर्न आउने बालबालिकालाई समस्या भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १० अंकले घटेर २६३३ को बिन्दुमा कायम भएको छ।

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर रवि लामिछाने पुगे उच्च अदालत

पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तोके‍को धरौटी रकम बदर माग गर्दै उच्च अदालत पुगेका छन्।

अछामका २ किशोरी मृत फेला परेको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण

दुई जना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्।

क्यानडा र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाखाैँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हमासले थप ६ जना इजरायली बन्धक रिहा गर्ने

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धक र इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ।

जुम्लामा आगलागीबाट १ जनाको मृत्यु 

जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो 

सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको महाशाखाले जनाएको छ।

भ्यालेन्सियालाई बार्सिलोनाको ७ गोल

स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७–१ को विशाल गोलअन्तरले पराजित गरेको छ।