समितिमा परेका उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय पनि मंगलबारको लेखा समितिको बैठकले गरेको छ।
मंगलबार नेप्से परिसूचक ५ अंकले बढेर २६१३ को बिन्दुमा कायम भएको छ भने ६ अर्ब १९ करोडको शेयर कारोबार भएको छ।
घडियाल गोही गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीको भनाइ छ।
उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिएको छ।
बागलुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियार पक्राउ परेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मंगलबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
मेची भन्सार कार्यालयबाट साउनदेखि पुससम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।
न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २२ खेलबाट ४० अंक छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।
वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटलमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई शपथ गराए।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ।
विद्यार्थी कल्याण परिषद् बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव पशुपति अधिकारीले जानकारी दिए।
खोला तथा नदीबाट अवैध रूपमा भइरहेका रोडा, ढुंगा, गिट्टी, बालुवा उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँचबुँदे परमादेश जारी गरेको छ।
ठाउँ–ठाउँमा भत्किएर ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा जोखिमपूर्ण अवस्थामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ।
मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
कलकत्तामा चिकित्सकको बलात्कारपछि हत्यामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका बारेमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिबीच फोनवार्ता भएको छ।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा कायम भएको छ।