AnonymousUser

Logout

बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको साबिक आदर्श गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झापामा अटोरिक्सा र जिप ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।

बागमतीमा १३७ सहकारीविरुद्ध उजुरी, ८० वटालाई कारबाही गर्न प्रहरीमा पत्राचार

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि बोलाउँदा नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको रजिस्ट्रार राजन पोखरेलको भनाइ छ।

कुवेतमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन दूतावासको आग्रह

कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

राष्ट्रपतिको शपथ लिनुअघि आयोजित र्‍यालीमा डोनाल्ड ट्रम्पले के भने?

बाइडेन प्रशासनले लगाएको प्रतिबन्धपछि अमेरिकामा शनिबार साँझदेखि बन्द भएको टिकटक ट्रम्पको घोषणासँगै पुन: चल्न थालेको छ।

स्पेनिस ला–लिगामा रियलको सहज जित

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ।

यू–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै

पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका यी दुवै देश पहिलो जितको खोजीमा छन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता

खो खो विश्वकप प्रतियोगितामा नेपाली पुरुष टोली पनि उपविजेता बनेको छ।

सुदूरपश्चिम प्रदेशसभा : युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्न ध्यानाकर्षण

सांसदहरूले प्रदेशमा देखिएका विकृति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्न, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

नेपाललाई पराजित गर्दै भारतीय महिला टोलीले प्रथम खो खो विश्वकपको उपाधि जितेको छ।

करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ।

आगोमाथि कुदाएर घोडा चोख्याउने चलन (तस्वीरहरू) 

विगत ५०० वर्षदेखि मनाइँदै आएको लस ल्युमेनियस नामको यस पर्वमा आगोमाथि दाैडाएर घोडालाई चोख्याउने अर्थात् पवित्र पार्ने काम गरिन्छ। 

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता

बुटवलको सुप्रिम सहकारीको बचत रकम दुरूपयोग प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ प्रतिवादीविरुद्ध रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको छ।

राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट निवेदन खारेज

राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

हुम्लामा अनुदानको नुन बोकेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

हमासले सार्वजनिक गर्‍यो आइतबार रिहा हुने ३ बन्धकको नाम

रिहा हुने सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेका छन्।

नेप्से परिसूचक १२ अंकले बढ्यो, ६ अर्ब २५ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १२.‍५८ अंकले बढेर २६०१.२१ को विन्दुमा उक्लिएको छ।

बीपी उद्यानमा रहेका व्यापारीलाई स्थानान्तरणका लागि वीरगन्जले दियो २ विकल्प

महानगरले गत पुस २० गते बीपी उद्यानमा अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो। यद्यपि तरकारी, फलफूल तथा कपडा व्यापारीले भने त्यहीँ व्यापार गरिरहेकै छन्।