AnonymousUser

Logout

म्याग्दीका मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।

यस्तो रहनेछ मंगलबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

थारु समुदायले पनि यो पर्व विशेष रूपमा मनाउँदै छन्। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।

अपहरणको आरोपमा सर्लाहीबाट १ भारतीय नागरिकसहित ३ जना पक्राउ

१५ वर्षीय किशोरलाई भारतबाट अपहरण गरी ल्याएर बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्रेर अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरू गरेको छ।

माइती नेपाललाई १ करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले माइती नेपालको अक्षय कोष वृद्धि गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

राष्ट्रपतिले जारी गरे ४ अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चार वटा अध्यादेश जारी गरेका छन्।

रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने

स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने भएका छन्।

लस एन्जलस डढेलोमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो, विस्थापितहरू अझै ४ दिन घर फर्कन नसक्ने

लस एन्जलसमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने करिब एक लाखको हाराहारीको संख्यामा विस्थापित भएका छन्।

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

नागरिक समाजका अगुवाहरूले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्न माग गरेका छन्।

यु१९ विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको छ।

सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको छ।

मधेश प्रदेशमा १० प्रतिशतले घट्यो उद्योगहरूको उत्पादन क्षमता

राष्ट्र बैंकको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औँल्याएको छ।

नेप्से परिसूचक १५ अंकले घट्यो, ६ अर्ब ६५ करोडको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १५ अंकले घटेर २५९४ को बिन्दुमा सीमित भएको छ।

मनाङमा यस वर्षकाे पहिलो हिमपात

मनाङमा विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने भए पनि यस वर्ष पुसको अन्तिम सातामा मात्रै परेको हो।

बिरामीलाई अर्को अस्पतालमा रेफर गर्नेसम्बन्धी निर्देशिका जारी

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्‍याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ।

गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि बाइडेनले नेतन्याहुलाई गरे फोन

यस वार्तालाई डोनाल्ड ट्रम्पले राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्साका रूपमा लिइएको छ।

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप

साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ गोल अन्तरले पराजित भएको हो।

स्वस्थानी व्रतकथा आजदेखि शुरू

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापना योजना स्वीकृत

आन्तरिक वा बाह्य स्रोत परिचालन गर्न अर्थ मन्त्रालयले अग्रसरता लिने छ भने पुनर्निर्माण र पुनर्स्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।