AnonymousUser

Logout

मनहरीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै १ वर्षमा ७ जनाको कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको आइतबार एक वर्ष पुगेको छ भने, यो अवधिमा सात वटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छन्।

चीनले ऊर्जा बचाउन सञ्चालनमा ल्यायो ‘कार्बन फाइबर’ मेट्रो ट्रेन

पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो १.० नामक ‘कार्बन फाइबर’ मेट्रो ट्रेन सञ्चालनमा आएको छ।

काठमाडौँमा १ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौँमा एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।

लस एन्जलसको डढेलोमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

लस एन्जलसमा फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी संरचना जलेका छन्।

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले लगायो प्रहरीको जिम्मा

काठमाडौँ जिल्ला अदालतका अनुसार आइतबार बयान भए पनि थुनछेक बहसका लागि समय अभाव भएकाले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो।

बाघको आक्रमणबाट बर्दियामा १ जनाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

नेप्से परिसूचक २५ अंकले घट्यो, करिब ४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २५ अंकले घटेर २६०९ को विन्दुमा सीमित भएको छ।

मकवानपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले अफिम, चरेस र गाँजासहित दुई भारतीय र एक नेपाली नागरिक गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।

सिँचाइ विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

अख्तियारले  विशेष अदालतमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध चार करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।

अन्टार्कटिकाबाट वैज्ञानिकहरूले निकाले १२ लाख वर्ष पुरानो बरफ

करिब २.८ किलोमिटर गहिराईमा ड्रिल गरेर निकालिएको बरफको यस नमूनाले पृथ्वीमा भएको मौसम परिवर्तनसम्बन्धी जानकारी पत्ता लाग्ने विश्वास गरिएको छ।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ देखि

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।

लस एन्जलस आगलागी: ‘बम खसेजस्तो’ भयानक अवस्था

शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।

न्यायाधीश सरुवाले पर्वत जिल्ला अदालतमा मुद्दा सुनुवाइ ठप्प

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका प्रकाश सपूत

आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ।

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा हल्का वर्षाको सम्भावना छ।

पश्चिम नेपालबाट पुनः मौसम बदली शुरू, आइतबार वर्षाको सम्भावना

मौसमविद् विनु महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेको छ। 

मनहरी दुर्घटनामा घाइते थप १ जनाको उपचारका क्रममा मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ स्थित सडकमा दुई गाडी आपसमा ठोक्किँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन

हिउँदमा बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात सम्पर्क जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै स्थायी पुल निर्माणका लागि स्थानीयले आग्रह गरेका छन्।