AnonymousUser

Logout

सरकारी नम्बर प्लेटका दुई गाडीबाट गाँजा बरामद, एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६९० किलोग्राम गाँजा बरामद गरेको छ।

विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले दियो १९२ रनको विशाल लक्ष

लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन शुरू

१३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ बाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरे। 

एनपीएल: काठमाडौँसँग कर्णाली ३ विकेटले पराजित

काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।

१ लाख ५० हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।

जनताको जलविद्युत् कार्यक्रम: शेयर किन्न विपन्नलाई बिनाधितो सस्तो ऋण

गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर २ लाखदेखि ५ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत कर्जा लिएर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। 

बुधबार देशभरको मौसम सफा रहने 

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

दक्षिण कोरियाली राष्ट्रपतिबाट आपत्कालीन ‘मार्सल ल’को घोषणा

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन मार्सल ल घोषणा गरेका छन्।

नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा

प्रधानमन्त्री ओलीसँग मंगलबार भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाललाई ५०० मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका छन्।

मिर्चैया घटनाबारे छानबिन गर्न समिति गठन

रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको घटना छानबिन गर्न समिति गठन भएको छ।

भिर काट्न कालीगण्डकी करिडोर एक साता बन्द हुने

अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्ने जोखिमयुक्त भिर काट्न कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ।

कम्बोडियामा १३ फिलिपिनो ‘सरोगेट’ आमालाई ४ वर्ष जेल सजाय

कम्बोडियाको अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई ‘सरोगेट’ आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ।

यू१९ एशिया कप : नेपालसँग अफगानिस्तान १ विकेटले पराजित

 यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन्।

एनपीएलमा चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको छ।

नेप्से परिसूचक १७.८० अंकले बढ्यो, घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा उक्लिएको छ भने साढे आठ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

एनपीएल : पोखरालाई चितवनले दियो १६२ रनको लक्ष्य

एनपीएलको मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १६२ रनको लक्ष्य दिएको छ‍।