प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।
चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ।
बीआरआईलाई भूराजनीतिको चपेटामा लैजान गरिएका प्रयासमा नेपाली तानिनु देशकै लागि दुर्भाग्यपूर्ण छ। यसमा कुनै सैन्य रणनीति नभएकोले यो विशुद्ध विकास परियोजना नै हो।
पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।
रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।
मन्त्रिपरिषद् बैठकले प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।
कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही विजयी भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन्।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्भ अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्न माग गरिएको रिट निवेदन दरपीठ गरेको छ।
यू१९ एशिया कप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।
नेपाल दृष्टिविहीन टी२० विश्वकप क्रिकेट सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ।
आइतबार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ महानगरपालिका–३२, जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु भएको छ।
पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्स्पो (नाइस)–२०२५’ गरिने भएको छ।