AnonymousUser

Logout

रसुवामा विद्युत् सर्ट भई आगो लाग्दा ३ घर जले

कालिका गाउँपालिका–१ ग्राङका एक स्थानीयको घरमा विद्युत् सट भई लागेको आगोले सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको छ।

कीर्तिपुरका उम्मेदवारसँग नगर विकासका के–के छन् अजेन्डा?

कीर्तिपुरको मेयरमा नौ दलसहित ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। सडक सुधार, सर्वसुलभ स्वास्थ्य, संस्थागत भ्रष्टाचार अन्त्यसहितका चुनावी अजेन्डा लिएर उम्मेदवार घलदैलोमा व्यस्त छन्।

उद्योगको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेको स्थानीयको भनाइ छ।

एम्बुलेन्समा लागुपदार्थ कारोबार, १० ग्राम ब्राउनसुगर बरामद 

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो।

श्रीलंकामा आँधीका कारण ४ बालबालिकाको मृत्यु

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ गम्भीर

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य सन् १९७७ यताकै उच्च

विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको छ। यसले कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्य वृद्धि भएको हो।

च्याम्पियन्स लिग: लिभरपुलसँग हार्‍यो रियल मड्रिड

एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।

तराईका केही स्थानमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ

खोटाङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय राईले विभिन्न व्यक्तिका नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट खोलेका थिए।

स्वास्थ्य मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ को आयोजना गर्दै 

आगामी पुस ११ र १२ गते काठमाडौँमा सम्मेलन आयोजना गरिने मन्त्रालयले जनाएको छ।

‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ।

झन्डै ४० अंकले बढेर २ हजार ७५६ को विन्दुमा पुग्यो नेप्से

१३ उपसमूहमध्ये वित्तबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

रास्वपा सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा प्रमाण पेस गर्न सर्वोच्चको आदेश

अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिने र आन्दोलन गरेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले
अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

इजरायल र हिजबुल्लाहबीच लागू भयो युद्धविराम

यो सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ मा आधारित छ। यही प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच चलेको ३६ दिनको युद्ध समाप्त गरेको थियो।

बाढीपहिरोको २ महिना: सुरक्षित बासस्थानको माग गर्दै पीडित

बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सुरक्षित बासस्थानसहितका माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

युक्रेन संकटको कूटनीतिक सम्झौता तत्काल असम्भव: रुसी विदेशमन्त्री 

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणले युद्ध झन् बढाउने र यसको राजनीतिक र कूटनीतिक समाधान तत्काल सम्भव नरहेको विदेशमन्त्री सर्गेई लावरोभको भनाइ छ।

तोलामा ९०० रुपैयाँ बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।