अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा स्वास्थ्य मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्।
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एनडेकको निर्णयमा विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेदमा परेका वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिमा संशोधन गर्न भनिएको छ।
मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडा अध्यक्ष सोनाम गुरुङको भनाइ छ।
शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।
पश्चिमतर्फ शहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको छ।
अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको जनाउँदै राजीनामा दिएपछि सेवा प्रभावित भएको छ।
टोटनहामसँग म्यानचेस्टर सिटी शनिबार घरेलु मैदानमा ४–० ले पराजित भएको छ। सिटीले दुई वर्षपछि घरेलु मैदानमा पहिलो हार बेहोरेको हो।
नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको किसानको भनाइ छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा देखिएको छ।
प्यालेस्टिइनमाथि इजरायलबाट भइरहेको आक्रमण रोक्न माग गर्दै नागरिक समाज, राजनीतिक पार्टीका भ्रातृ संगठन तथा अभियन्ताले संयुक्त रूपमा काठमाडौँमा जनप्रदर्शन गरेका छन्।
कुल १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्।
चिकित्सकले मृत घोषणा गरेका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
धितोपत्र बोर्डका अनुसार इन्भेस्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरूले मात्रै खरिदबिक्री गर्न पाउने छन्।
वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको कृषक बताउँछन्। यहाँ उत्पादित सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजाने गरेका छन्।